Logo

Hello NEw

प्रधानमन्त्रीले दिए छठ पर्वको शुभकामाना सन्देश




काठमाडौं, १६ कात्तिक, पर्वहरु मनाउने क्रममा दशैं, दिपावली र तिहार पर्वपछि भोली महान पर्व छठ मनाइँदै छ। सूर्य र उनको देवी रूप उषालाई छठी मैयाँको रूपमा षष्ठी तिथिमा मुख्य पूजा गरेर मनाइने छठ पर्वमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभाकामाना सन्देश दिएका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा स्वेदश तथा विदेशमा बसेर छठ पर्व मनाउने सबैप्रति सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

छठ पर्व आज एक सन्देश जारी गर्दै छठ पर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन् । प्रधानमन्त्री ओलीले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा पनि स्मरण गरेको छ । छठ पर्व सम्पूर्ण सृष्टिप्रति सर्वाधिक बढ्ता योगदान र गुण भएका सूर्यको स्तुती गर्ने चाड भएकोले यसले मानवीय भावनालाई वास्तविक अर्थमा व्यापक बनाउन मद्दत्त गर्ने चाडको रुपमा छठ पर्व रहेको बताए ।

साथै छठ पर्वले मानव जीवनलाई उज्यालोतर्फ जान र सुख समृद्धितर्फ जान उत्प्रेरित गर्ने समेत सन्देशमा उल्लेख गरेकोछ । छठ पर्वमा खासगरी सूर्यलाई भगवानको रुपमा पुजा गरिने स्मरण गर्दै गराउँदै सूर्यलाई नवग्रहकै उत्पत्ति कर्ता, सृष्टिकै उत्पन्न कर्ताको रुपमा आदिदेवको रुपमा सम्झना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्