Logo

Hello NEw

सामान्य ज्ञान



१. प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा “धरहरा पुनर्निर्माणको सिलान्याश” कहिले भयोे ?
२०७५ पुस १२
(स्मरण रहोस् धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जीआईआईटीसी रमन जेभीलाई दिएको छ ।)

२. चीनले पहिलोपटक चन्द्रमाको अनुसन्धान गर्न प्रक्षेपण गरिएको रोवर्टलाई के नामाकरण गरिएको थियो ?
चन्चले खरायो युटु

३. अन्तर्राष्ट्रिय हवाई उड्ययन वाहकका लागि निश्चित नियमहरु एकीकरण गर्ने महासन्धी मन्ट्रियल महासन्धी नेपालमा कहिले देखि लागु भयो ?
२०७५ मंसिर २९ (२०१८ डिसेम्बर १५
(स्मरण रहोस् मन्ट्रियल महासन्धी सन् १९९९ मा जारी भएको हो भने २०७५ भदौ ७ मा प्रतिनिधी सभाले मन्ट्रियल महासन्धीलाई पारित गरेको हो ।)

४. शिक्षाका लागि विश्व अभियान जिसीईको छैठौं सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
– काठमाण्डौं, २०१८ नोभेम्बर १६–१८, (२०७५ कार्तिक ३० मंसिर २)

५. फलफूलको बगैचा (garden of world) भनेर कुन जलवायुलाई भनिन्छ ?
भूमध्य सागरीय जलवायु
(स्मरण रहोस् धेरै फलफूल उत्पादन हुने भएकोले भूमध्य सागरीय जलवायुलाई फलफूलको बगैचा भनिएको हो ।)

६. राजनीतिक मनोकाङ्क्षा समेत पुरा गरिदिने देवीका रुपमा चिनिने छिन्नमस्ता देवीको मन्दिर कुन जिल्लामा पर्दछ ?
सप्तरी

७. बेहुली भित्र्याउदा ढोकामा भाले काटी सो माथि कुल्च्याई भित्र्याउने चलन चलाउने जाति मगर हो भने बेहुलालाई कालो मसो दली जन्तीको स्वागत गर्ने चलन कुन जातिमा छ ?
राजबंशी

८. नेपाली भाषालाई भारतले कहिले संवैधानिक मान्यता दियो ?
२०४९ भदौ ४ (सन् १९९२)
(स्मरण रहोस् भारतको संविधानको अनुसूची ८ मा सो कुरा उल्लेख गरिएको छ ।)

९. सार्क डेभलोपमेन्ट गोलको निर्माण सम्वन्धी निर्णय सार्कको कुन सम्मेलनले ग¥यो ?
तेह्रौं सम्मेलन (ढाका)
(स्मरण रहोस् विश्वले सार्कलाई गरिवहरुको घर को रुपमा व्यङ्गय गरेको छ ।)

१०. उड्न सक्ने एकमात्र स्तनधारी जीव कुन हो ?
चमेरो

११. विश्वको सवभन्दा उचाईमा स्थापना गरिएको १२००० फिटमा रहेको रेडियो स्टेशन कहाँ रहेको छ ?
नेपालको सोलुखुम्बु जिल्लाको स्याङ्गबोचेमा

१२. विश्वको उत्कृष्ट दशवटा साहसिक जलयात्रा नदीको सूचीमा पर्ने नेपालको दुईवटा नदीहरु कुन कुन हुन् ?

सुनकोशी र कर्णाली

१३. चर्चित पर्यटकीय स्थल सिलासुत्केरी ढुँगा कुन जिल्लामा रहेको छ ?
भोजपुर

१४. सन् २०१८ मा विश्वकोे ५ ठूला अर्थतन्त्र भएका देशहरु कुन कुन हुन् ?
अमेरिका, चीन, जापान, जर्मनी र बेलायत

१५. दिगो विकास सूचकांक २०१८ अनुसार नेपाल कति औं स्थानमा रहेको छ ?
१०५ औं स्थानमा

१६. “पहिचान पुरस्कार २०१८” कुन कृतिलाई प्रदान गरियो ?
भुईयाँ
(स्मरण रहोस् उक्त कृतिका कृतिकार यज्ञश रहेका छन् भने गत सालको अर्जुन खालिङ्गको गोयाङ्कको सुगन्ध नामक कृतिलाई प्रदान गरेको थियो ।)

१७. विश्व एड्स दिवस कहिले मनाइन्छ ?
डिसेम्बर १
(स्मरण रहोस् २०१८ को एड्स दिवसको नारा प्लयध थ्यगच क्तबतगक रहेको छ ।)

१८. नेपालमा सामुदायिक संग्राहलय कहाँ रहेको छ ?
खोटाङको रुपाकोट मझुवागढी

१९. कुनै भूमि वा जमिनमा १२ महिना नै एकै किसीमको खेती नगरी बालीमा विविधता ल्याउने कार्यलाई के भनिन्छ ?
क्रप डाइभरसिटी

२०. जलवायु परिवर्तन सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप २५ कहिले र कुन देशमा हुदैछ ?
सन् २०१९ मा चिली
(स्मरण रहोस् २०१८ को कोप २४ पोल्याण्डको काटोवीसमा सन् २०१८ डिसेम्बर २ देखि १४ सम्म भएको थियो ।)

२१. चर्चित साहित्यिक कृति “जनैपूर्णिमा देखि रानीपोखरी सम्म” का लेखक को हुन् ?
डा. महेशराज पन्त

२२. हृदय रोगबाट पिडीत व्यक्तिहरुको मुटुको स्पन्दन जाँच गर्ने यन्त्रलाई के नामाकरण गरिएको छ ?
कार्डियोग्राम

२३. संगीत क्षेत्रको सबैभन्दा ठूलो अवार्ड ग्रामी अवार्ड २०१९ मा सङ अफ दी इअर हुन सफल सङ कुन हो ?
This is America (दिस इज अमेरिका)

२४. विश्वको सबैभन्दा ठूलो आणविक प्रयोगशाला कुन हो ?
द लार्ज हेड्रन कोलाइडर

२५. बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ प्रतिनिधी सभाबाट बहुमतले कहिले पारित भयो ?
२०७५ माघ ११ गते

प्रतिक्रिया दिनुहोस्