Hello NEw
के हो सूचनाको हक ? र आफूलाई चाहिने सार्वजनिक सूचनाहरु कसरी प्राप्त गर्न सकिन्छ ?

निजामती खबर । लोकतन्त्रमा जनता नै राज्यको शासन व्यवस्थाको पहिलो निर्णायक हुन्छन् । सही निर्णय गर्न जनतालाई सही सूचना चाहिन्छ । जनप्रतिनिधि, कर्मचारी तथा सार्वजनिक निकायहरु सबै जनताप्रति जवाफदेही हुनु पर्दछ । त्यसैले सार्वजनिक निकायका निर्णय, कामकारवाही, बजेट इत्यादि सम्पूर्ण सूचना जनताले पाउनुपर्छ जुन लोकतान्त्रिक अधिकार नै हो । यही मान्यता अनुसार सूचनाको हकको प्रचलन शुरु भएको हो
सामान्य अर्थमा सूचना माग्ने र दिनुपर्ने अधिकार नै सूचनाको हक हो भन्न सकिन्छ । मानव अधिकारको घोषणापत्र धारा १९ ले “प्रत्येक व्यक्तिसँग विचार स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अधिकार छ । बिना कुनै हस्तक्षेप मत वा विचार मान्ने, राखे वा ग्रहण गर्ने र कुनै सीमाको बन्देज बिना कुनै पनि माध्यमद्वारा सूचना र विचार खोज्ने, पाउने र फैलाउने अधिकार प्रत्येक व्यक्तिलाई हुनेछ ।” भनिएको छ ।
ऐनले गरेको सूचनाको हकको परिभाषा दफा २ को (ङ) मा
१. “सूचनाको हक ” भन्नाले सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार संझनु पर्छ र सो शब्दले सार्वजनिक निकायमा रहेको कुनै लिखत, सामग्री वा सो निकायको काम कारवाहीको अध्ययन वा अवलोकन गर्ने, त्यस्तै लिखतको प्रमाणित प्रतिलिपि प्राप्त गर्ने , सार्वजनिक महत्वको निर्माण कार्य भैरहेको स्थलको भ्रमण र अवलोकन गर्ने, कुनै सामग्रीको प्रमाणित नमूना लिने वा कुनै किसिमको यन्त्रमा राखिएको सूचना त्यस्तो यन्त्र मार्फत प्राप्त गर्ने अधिकार समेतलाई जनाउछ ।
सूचनाको हक किन ?
पारदर्शिता
जवाफदेहीपनको बोध
भ्रष्टाचारको गुन्जायसमा कमी
ढीलासुस्ती आलटाल प्रवृतिमा कमी
संवेदनशील सूचनाको संरक्षण
सूचनामा सरल र सहज पहुँच
ऐनको प्रश्तावनामा भनिएको छ:
राज्यका काम कारवाही लोकतान्त्रिक पद्धतिअनुरुप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन, राज्य र नागरिकको हितमा प्रतिकुल असर पार्ने संवेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा कानूनी व्यवस्था गर्न ।
नेपालमा सूचनाको हक
सूचनाको हक सम्बन्धि ऐन २०६४
१. सूचनाको हक सम्बन्धि ऐन २०६४साल श्रावण ५ गते प्रमाणिकरण भई सोको ३० औ दिनबाट लागू भयो
२. यस ऐनले प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचना माग्ने र पाउने अधिकार प्रत्याभूत गरेको छ ।
ऐनले गरेको सूचनाको हकको परिभाषा दफा २ को (ड) मा
सूचनाको हक भन्नाले सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार सम्झनु पर्छ र सो शब्दले सार्वजनिक निकायमा रहेको कुनै लिखत, सामग्री वा निकायको काम कारवाहीको अध्ययन वा अवलोकन गर्ने, त्यस्तो लिखतको प्रमाणित प्रतिलिपि प्राप्त गर्ने, कुनै सामग्रीको प्रमाणित नमुना लिने वा कुनै पनि किसिमको यन्त्रमा राखिएको सूचना त्यस्तो यन्त्र मार्फत प्राप्त गर्ने अधिकार समेतलाई जनाउछ ।
सूचनाको हक
१. प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने हक हुनेछ ।
२. कानूनद्धारा गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसैलाई कर लगाएको मानिने छैन ।
सूचनाको हक हुने दफा ३ को (१) र (२)
१. प्रत्येक नेपाली नागरिकलाई यसको अधिनमा रही सूचनाको हक हुनेछ ।
२. प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुच हुनेछ ।
३. सार्वजनिक निकायको अभिलेखमा यस ऐन बमोजिम प्रवाह गर्न मिल्ने र नमिल्ने सूचना अधिकारीले प्रवाह गर्न मिल्ने सूचना छुट्याएर निवेदकलाई उपलब्ध गराउनु पर्नेछ ।
सूचना अधिकारीसंग सूचनामाग गर्ने ढांचा:
uVLGpE