Logo

Hello NEw

सातै प्रदेशका प्रमुख पदमुक्त



काठमाडौं, १८ कात्तिक । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिदिएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो । सातै प्रदेश प्रमुखलाई संविधानको धारा १६५ को उपधारा १ बमोजिम पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले बताएको छ । प्रदेश प्रमुखहरुलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो ।

२०७४ मंसिरमा भएको आमनिर्वाचनमा पराजित भइसकेपछि कांग्रेस नेतृत्वको सरकारले प्रदेश प्रमुख नियुक्त गरेको थियो । तत्कालीन नेकपा एमालेले प्रदेश प्रमुख नियुक्तिमा आफ्नो असहमति रहेको भन्दै नयाँ सरकार बन्नासाथ प्रदेश प्रमुखलाई हटाउने बताएको थियो ।
२०७४ फागुन ३ गते केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकार गठन भयो । तर सरकारलाई तत्काल प्रदेश प्रमुख हटाउन संवैधानिक व्यवस्थाले दिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्