Logo

Hello NEw

परियार, प्रसाईं, शेरचन सहित ७ जना प्रदेश प्रमुखमा सिफारिस



काठमाडौ १८ कार्तिक । रित्त प्रदेश प्रमुख पदका लागि सत्तारुढ दल नेकपाले सात जनाको नाम सिफारिस गरेको छ ।
सोमबार बालुवाटारमा बसेको सचिवालयको बैठकले प्रदेश प्रमुखमा नियुत्त गर्न नाम सिफारिस गरेको हो । पार्टीको सिफारिसका आधारमा सरकारले प्रदेश प्रमुख नियुत्त गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार प्रदेश प्रमुखहरुमा पार्टीले गोविन्द कलौनी (डडेलधुरा), अमिक शेरचन (चितवन), सोमनाथ प्यासी (काश्की), तिलक परियार (बाँके),  शर्मिला पाण्डे (काठमाडौं), विष्णु प्रसाईं (झापा) र धर्मनाथ यादव (सिरहा) प्रदेश प्रमुखमा सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्