Hello NEw
प्रदेश प्रमुखको नाम सिफारिसमा ओली र प्रचण्ड बीच भागबन्डा

काठमाडौं, १८ कात्तिक । रिक्त प्रदेश प्रमुख पदका लागि सत्तारुढ दल नेकपाले सात जनाको नाम सिफारिस गरेको छ । सोमबार बालुवाटारमा बसेको सचिवालयको बैठकले प्रदेश प्रमुखमा नियुत्त गर्न नाम सिफारिस गरेको हो । पार्टीको सिफारिसका आधारमा सरकारले प्रदेश प्रमुख नियुत्त गर्ने तयारी गरेको छ । अब मन्त्रिपरिषदबाट निर्णय भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई प्रदेश प्रमुख नियुक्त गर्नेछन् ।
सात प्रदेशका प्रमुख छान्दा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भागबन्डा गरीएको छ। भागभण्डा अनुसार ओली पक्षका चार जना प्रदेश प्रमुखमा सिफारिस भएका छन् भने प्रचण्ड पक्षका तीन नेता प्रदेश प्रमुख बन्ने भएका छन् ।
प्रदेश प्रमुख सिफारिस हुनेमा सोमनाथ अधिकारी प्यासी, धर्मनाथ यादव, गोविन्द कलौनी र विष्णु प्रसाईं पूर्वएमाले हुन् भने अमिक शेरचन, तिलक परियार र शर्मिला त्रिपाठी भने पूर्वमाओवादी हुन् ।
पृथ्वीनारायण कास्कीका प्यासी २०४३ सालमा जनपक्षीयतर्फबाट राष्ट्रिय पञ्चायत सदस्य भएका थिए ।
२०४८ सालमा एमालेबाट सांसद बनेका उनी नेकपाको स्थायी समितिमा आमन्त्रित सदस्य हुन् ।२०७४ को चुनावमा उनी पूर्वएमालेको समानुपातिक सूचीमा थिए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीनिकट प्यासीलाई त्यागी र लोकप्रिय नेता मानिन्छ । अमिक शेरचन राष्ट्रिय जनमोर्चाका अध्यक्ष थिए । उनी पूर्वमाओवादीबाट उपप्रधानमन्त्री समेत भइसकेका छन् ।
