Hello NEw
महिला बालबालिका शाखा अब प्रत्येक स्थानिय तहमा

काठमाडौं, १८ कात्तिक । सरकारले प्रत्येक स्थानीय तहमा महिला बालबालिका शाखा स्थापना गर्ने र्भको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला बालबालिका शाखा स्थापना गरी सक्रिय बनाउने बताएकी हुन् । जिल्लामा महिला तथा बालबालिका कार्यालय खारेज भएसँगै सो अधिकार स्थानीय तहमा पुगेको र प्रत्येक तहले शाखा स्थापना गरी पहिलेको कार्यालय जसरी नै काम गर्ने वातावरण बनाउन सरकार लागिरहेको उनले जानकाकरी दिइन् ।
मन्त्री थापाले लैंगिक हिंसा न्यूनिकरण र बालबालिकाको क्षेत्रमा तल्लो तहबाटै काम गर्नुपर्ने भएकाले यो विषयमा सरकारले गृहकार्य गरिरहेको समेत बताइन् । सरकारले विभिन्न अभियान चलाए पनि महिला हिंसा र बलात्कारका घटना नघटेको गुनासो आईरहँदा यसलाई अझै प्रभावकारी बनाउन र यस्ता घटना न्यूनिकरण गर्न सरकारले लैंगिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान, सुरु गरेको उनले जानकारी दिइन् ।
पछिल्लो समय प्रशासनिक साथै कानुन निर्माण र कार्यान्वयन गर्ने स्थान सम्म महिलाको राम्रो पहुँच पुगेको उल्लेख गर्दै मन्त्री थापाले यसले लैंगिक विभेद र हिंसा न्यूनिकरण गर्न ठुलो सघाउ पुगेको दाबी गरिन् । अहिले पनि देशको प्रमुखहरुमा ३३ प्रतिशत महिलाको सहभागिताका लागि पार्टी तथा सरकारलाई सुझाव दिइएको र स्थानीय तहमा ४१ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको उनको भनाई छ ।
