Hello NEw
नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

काठमाडौं, १९ कात्तिक । सोमबार नियुक्ति पाएका ७ वटै प्रदेशका प्रदेश प्रमुखले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलाबार बिहान राष्ट्रपति कार्यालय सितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुखले सपथ लिएका हुन् ।
अघिल्लो सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रमुखलाई आइतबार पदमुक्त गरेको सरकारले सबै प्रदेशमा सोमबार नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो । मन्त्रिपरिषदको सिफरिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख नियुक्त गरेकी हुन् ।
जसमा प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, २ मा तिलक परियार, ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्त रहेका छन् ।
