Hello NEw
चिकित्सा शिक्षा आयोगका निर्देशक नियुक्तिका लागि आवेदन माग

काठमाडौं, १९ कात्तिक । सरकारले चिकित्सा शिक्षा आयोगका निर्देशक नियुक्तिका लागि आवेदन माग गरेको छ। निर्देशक नियुक्तिका लागि नाम सिफारिस समितिले मंगलबार सूचना निकालेर कात्तिक २१ गतेभित्र इच्छुकले आवेदन पेश गर्न आग्रह गरिएको हो।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २८ को उपदफा १ बमोजिम व्यवस्था भएअनुसार निर्देशनालय वा बोर्डमा काम गर्न निर्देशन नियुक्त गर्न लागिएको हो।
निर्देशक पदमा आवेदन दिन इच्छुकले पाँच सय शब्द नबढाइ आफ्नो व्यक्तिगत सोच र बायोडाटा राष्ट्रिय योजना आयोगको शिक्षा सचिवालय वा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखामा कात्तिक २१ गतेभित्र पेश गर्न सूचनामा भनिएको छ।
