Hello NEw
नक्कली शैक्षिक प्रमाणपत्रले सरकारी जागिर
झापा, २० कात्तिक । झापाका गा. वि. स. सचिव लोकराज बरालको शैक्षिक प्रमाण पत्र नक्कली भेटिएको छ । उनले लोगसेवाको परिक्षामा पनि नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी परिक्षा दिएका थिए । नक्कली प्रमाण पत्र देखाएर परिक्षा उर्तीण गरी वर्षौ देखि उनले सरकारी जागिर खाँदै आएका थिए ।

लोकराज बरालको शैक्षिक प्रमाणपत्र छानबिन गरी पाउँ भन्ने निवेदनका आधारमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी बरालको प्रमाणपत्र नक्कली भएको पुष्टि गरेका थिए । झापा जिल्ला विकास समितिको कार्यालय अन्तर्गतको गा.वि.स. सचिवमा कार्यरत बरालमाथि नक्कली प्रमाणपत्र पेश गरी लोक सेवा आयोगलाई नै छली गरेको आरोप यनीमाथि लागेको छ । साथै नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारको प्रशासन सेवा, सामान्य प्रशासन समूहको राजपत्र अनंकित द्वितीय श्रेणीको खरिदार पदबाट वर्षौ दाखि बदनियतपूर्वक सामान्य प्रशासन समूह वडा सचिव पाँचौं तहको दरबन्दीमा सरकारी सेवासुविधा लिएको प्रमाणित भएको अख्तियाले जनाएको छ ।
बराल २०५९ साल देखि नक्कली प्रमाणपत्रको भरमा वडा सचिवमा कार्यरत थिए । उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिमको सजाय हुने भन्दै आरोपपत्र दायर भएको अख्तियार दुरुपयोग अनुसन्दान आयोगले जनाएको छ ।
