Hello NEw
सरकारी कोटामा एमबिबिएस पढेका डाक्टरहरुले २ वर्ष मात्रै सरकारी अस्पतालमा काम गर्न पाउने
काठमाडौं, २१ कात्तिक । अब देखि सरकारी कोटामा एमबिबिएस पढेका डाक्टरहरुले २ वर्ष मात्रै सरकारी अस्पतालमा काम गर्न पाउने भएको छ । बुधबार सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनमा सरकारी कोटामा एमबिबिएस पढेकाहरूका लागि ४ वर्ष सेवा गर्नुपर्ने व्यवस्था थियो ।
उक्त व्यवस्था खारेज गर्न माग गर्दै डाक्टर उज्वल पौडेल लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटमा सुनुवाइ गर्दै बुधबार न्यायाधीश बमकुमार श्रेष्ठले यस अघिको सर्वोच्च अदालतकै फैसलालाई आधार मान्दै २ वर्षमात्र सेवा गरे पुग्ने गरी अन्तरिम आदेश गरेको सर्वोच्चका प्रवक्ता देवेन्द्र ढकालले बताएका छन् ।
सर्वोच्च अदालतले २०७३ साल भदौ ५ गते सरकारी कोटामा पढेका विद्यार्थीले २ वर्ष सरकारी अस्पतालमै सेवा गर्नुपर्ने गरी फैसला गरेको थियो । शिक्षा मन्त्रालय आफूले छात्रवृत्ति दिएर पढाएका विद्यार्थीलाई २ वर्ष सेवा गरे पुग्ने नियम बनाएको छ।
