Hello NEw
नक्कली नागरिकता बनाइदिने ७६ बर्षका बृद्ध पक्राउ
काठमाडौ २१ कात्तिक । किर्ते नागरिकता बनाउन नक्कली नाता प्रमाािण्त गरेको आरोपमा स्यांजामा एक जना पक्राउ परेका छन् ।
प्रहरीले स्याङ्जाको आँधीखोला गाउँपालिका ४ का ७६ बर्षिय सर्वजित सुनारलाई पक्राउ गरेको हो । उनले २०६० माघ २० गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट कास्की पोखरा महानगरपालिका ३० बस्ने डिलबहादुर श्रेष्ठको ३३ वर्षीय छोरा शंकर श्रेष्ठलाई आफ्नै छोरा हो भनी झुठो विवरण पेश गरी नागरिकता दिलाएका थिए ।
झुठो विवरण दिएर नागरिकता बनाईदिएको खुल्न आएपछि प्रहरीले नागरिकतासम्बन्धी कसुर मुद्धा दर्ता गरी अनुसन्धान थालेको छ ।
