Hello NEw
निजामती सेवामा क्रमश महिलाको बाहुल्यता बढ्दै, यस्तो छ, दश बर्षको तथ्यांक

काठमाडौ २१ कात्तिक । लोक सेवाको विज्ञापनमा समावेशी अवधारणा लागु भएपछि महिलाको आकर्षण ह्वात्तै बढेको देखिएको छ । आ.व. २०६६/६७ देखि आ.व. २०७५/७६ सम्मको तथ्यांकमा लोक सेवाले लिने परिक्षाहरुमा महिलाको आकर्षण बढ्दै गरेको देखिएको हो ।
आर्थिक बर्ष २०६६/०६७ मा ३ लाख ४ सय ६३ जनाले लोक सेवा परिक्षाका लागि दरखास्त दिएकोमा १ लाख ३९ हजार ९ सय ६३ जना महिला रहेका थिए । पुरुषको संख्या १ लाख ६० हजार ५ सय रहेको थियो । अघिल्ला बर्षका तुलनामा २०६६/६७बाट महिलाको दरखास्तमा क्रमश सुधार भएको आयोगले आफ्नो बार्षिक प्रतिवेदनमा लेखेको छ ।

तर आर्थिक बर्ष २०७१/७२ बाट भने लोकसेवा आयोगमा पर्ने कुल दरखास्त संख्यामै महिलाको संख्या धेरै देखिएको छ । आर्थिक बर्ष २०७१/०७२ मा कुल ५ लाख ९९ हजार ६ सय ६८ जनाको दरखास्त हुँदा महिलाको संख्या ३ लाख ६० हजार ५ सय ६ जना पुगेको थियो ।
कुनै आर्थिक बर्ष संख्यात्मक रुपमा महिलाको भन्दा पुरुषको संख्या बढी देखिएपनि अघिल्ला बर्षहरुका तुलनामा महिलाको संख्याचाँही क्रमश बढेको आयोगले देखाएको छ ।
आर्थिक बर्ष ०७२/७३ मा पुरुषको भन्दा धेरै बढी संख्यामा महिलाको दरखास्त परेको थियो । त्यो बर्ष ३ लाख १८ हजार महिलाको दरखास्त परेको थियो, पुरुषतर्फ २ लाख ७५ हजारले मात्र दरखास्त दिएका थिए ।
त्यसपछि आर्थिक बर्ष २०७३/०७४ मा दरखास्त दिने महिलाको संख्या ३ लाख ८२ हजार पुग्यो । यसरी कुल दरखास्त संख्यामा महिलाको तर्फबाट दरखास्त संख्या बढ्दै गएको हो ।
