Hello NEw
११ महिनामै १ वर्ष !
काठमाडौं, २२ कात्तिक । पुर्वसुधार समितिले चैत महिनालाई हटाएर २०७७ साललाई ११ महिने वर्ष बनाउने प्रस्ताव अघि सारेको छ । धार्मिक पर्वहरूको समय बिग्रेकाले पर्व सुधार आवश्यक रहेको र चार दिसा बिग्रँदा चार धामको आधार नष्ट हुने भन्दै यस्तो अवधारणा सार्वजनिक गरेको हो । पुर्वसुधार समितिका अनुसार धर्मशास्त्रका शब्दहरू नबदल्न राशि नक्षत्र र महिनाका नाउँ पनि १ र १ महिना सार्न आवश्यक रहेको जनाएको छ ।
पुर्वसुधार समितिले पञ्चांगसँग छलफल बिनै ०७७ साललाई ११ महिना बनाउने अवधारणा बिहीबार सार्वजनिक गरेको हो । यसअघि २०६५ सालमा मन्त्रिपरिषद्ले निर्णय गरी ०६७ साललाई ११ महिने बनाउने भनी घोषणा गरेको थियो । पर्वसुधार समितिका अध्यक्ष हरिनारायण मल्लका अनुसार ०६६ सालको सौर्य महिना चैतलाई हटाइ त्यसको सट्टा ०६७ वैशाख बनाउने निर्णय गरेको थियो ।
तर ११ महिनालाई वर्ष बनाउने पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिको प्रस्ताव सरोकारवालाले अस्वीकार गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित पर्वसुधार समितिले पुनः अघि सारेको ११ महिने वर्षविरुद्ध मन्त्रालयबाटै गठित नेपाल पञ्चांग निर्णायक समितिले लागू हुनै नसक्ने बताएको छ।
पुर्वसुधार समितिले पञ्चांगसँग छलफल बिनै ०७७ साललाई ११ महिना बनाउने अवधारणा बिहीबार सार्वजनिक गरेको हो । पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले सरकारले १० वर्षपछि पुनः ०७७ साललाई ११ महिना बनाउने विषय शास्त्रसिद्ध कुरो नभएकाले लागू गर्न असम्भव भएको बताएका छन् ।
यता पर्वसुधार समितिका संयोजक मल्लले २०७७ सालमा मलमास भएकोले १३ महिनाको वर्ष हुने भएकाले घटाउन लागेको जानकारी दिएका छन् । उनले २०७७ सालमा सम्भव नभए ०८० सालमा भए पनि घटाउने जानकारी दिए । पुष्पकमल दाहाल प्रधानमन्त्री रहेका बेला संस्कृतिमन्त्री गोपाल किँराती र सचिव छविराज पन्त हुँदा ०६७ को वैशाख महिनामा पर्ने महिना अधिकमासलाई साधारण सरह गरी चान्द्र पर्वहरू एक महिना वर तान्ने निर्णय गरिएको थियो।
