Hello NEw
प्राविधिक तर्फ ३ सय ५० अधिकृतका लागि बुधबार विज्ञापन हुँदै

काठमाडौ, २२ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्राविधिक सेवा अन्तरगत मात्र करिब ३ सय ५० अधिकृत माग गर्दै लोक सेवा आयोगमा विवरण पठाउने तयारी गरेको छ ।
मन्त्रालय, आयोग र अन्तरगतका कार्यालयहरुले करिब ३ सय ५० प्राविधिक तर्फको अधिकृतको दरबन्दी रित्त रहेको विवरण संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ ।
मन्त्रालयले अहिले ती विवरणहरु एकीकृत गरिरहेको र आइतबारसम्म लोक सेवा आयोगमा पठाउने जनाएको छ । सरकारले एकै पटक यति धेरै संख्यामा प्राविधिक तर्फको अधिकृत माग गरेर लोक सेवा आयोगमा विवरण माग गर्न लागेको हो ।
बुधबार विज्ञापन हुँदै
मन्त्रालयले विवरण पठाएपछि लोक सेवा आयोगले आगामी बुधबार गोरखापत्र मार्फत उक्त पदका लागि विज्ञापन गर्दैछ ।
आयोगको बार्षिक क्यालेण्डर अनुसार कात्तिक महिनाको अन्तिम बुधबार प्राविधिक तर्फको अधिकृतका लागि विज्ञापन गर्ने कार्यतालिका रहेको छ । सोही कार्यतालिका अनुसार बुधबार विज्ञापन प्रकाशन हुने लोक सेवा आयोगले जनाएको छ ।
