Hello NEw
लोक सेवामा यस्ता १२ प्रश्नलाई कसरी लेख्ने ? सहसचिव प्रकाश दाहालको टिप्स

१४औं योजनाका प्रमुख उपलब्धिहरू लेख्दा कुन–कुन क्षेत्रका उपलब्धिहरू समावेश गर्दा उत्तम हुन्छ ? र, छुटाउनै नहुने कुराहरू के के हुन् ?
चौधौं योजनाका उपलब्धी लेख्दा आर्थिक वृद्धि, गरिबी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, लगानी, उद्योग, पर्यटनजस्ता क्षेत्रका उपलब्धीहरु लेख्नु पर्छ । संगसंगै प्राप्त उपलब्धी अपेक्षित नतिजाको तुलनामा पर्याप्त नभएको भए त्यसका कारणहरु समेत संक्षेपमा उल्लेख गर्नु राम्रो हुन्छ ।
नेपालमा कानून निर्माणको प्रक्रिया लामो छ । सबै कुरा समेटिने गरी यसलाई छोटकरीमा कसरी लेख्न सकिन्छ ?
कानून निर्माण प्रकृया लेख्दा समय व्यवस्थापनका लागि व्याख्यात्मक भन्दा पनि बुँदागत रुपमा लेख्नु राम्रो हुन्छ । यसभित्र नसमेटी नहुने विषय भनेका अवधारणापत्र तर्जुमा, कानून र अर्थ मन्त्रालयको राय, मन्त्रिपरिषदबाट सैदान्तिक सहमति, प्रारम्भिक मस्यौदा, छलफल र राय परामर्श, कानून मन्त्रालयबाट मस्यौदा, मन्त्रिपरिषदबाट स्वीकृति, संसदमा दर्ता, छलफल र संशोधन प्रस्ताव, विषयगत समितिमा दफावार छलफल र स्वीकृति, संसदबाट बहुमतले पारित, राष्टपतिद्धारा प्रमाणीकरण हुन् ।
प्रायः जसो लेखकहरूले संविधान र कानूनसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिँदा संविधान र कानूनमा भएका प्रावधानहरू जस्ताको तस्तै साभार गरेको पाइन्छ । संविधान र कानूनको मूल मर्मलाई नमारी उपयुक्त शैलीमा उत्तर लेख्ने उपाय के हो ?
संविधान, ऐन, नियमका विषय लेख्दा लेख्नु पर्ने विषयको विषयवस्तु कति धेरै छ भन्ने कुराले जस्ताको तस्तै लेख्ने वा मूल मर्म नमर्ने गरी आप्mनै भाषामा लेख्ने भन्ने कुरा निर्धारण गर्छ । जस्तै ५ नम्बरमा राज्यका निर्देशक सिद्धान्तहरु लेख्नुहोस् भनी सोधको छ भने संविधानको व्यवस्था सबै जस्ताको तस्तै लेख्न सम्भव हुँदैन । तर ५ नम्बरमै संसदबाट सरकार गठन प्रक्रिया लेख्नुहोस भनी सोधेको छ भने संविधानको धारा ७६ को व्यवस्था जस्ताको तस्तै लेख्न सकिन्छ ।
Residual Power भनेको के हो ? प्रष्ट पार्नुहोस् ।
अवशिष्ट अधिकार (Residual Power)भनेको संविधानले संघ, प्रदेश र स्थानीय तहको एकल अधिकारको सूची वा साझा सूचीमा उल्लेख नभएको वा संविधानमा कुनै तहले प्रयोग गर्ने गरी नतोकिएको विषयमा संघको अधिकार हुने व्यवस्थालाई अवशिष्ट अधिकार भनिन्छ ।
लोकसेवा परीक्षाको विषयगत पत्रमा प्रत्येक खण्डहरुमा अलग-अलग ४०% ल्याउनु पर्ने हुन्छ वा समग्रमा उत्तिर्णांकमा गणना हुन्छ ?
समग्रमा उतीर्णांक ल्याए हुन्छ, अलग अलग खण्डमा ४० प्रतिशत अंक ल्याउनु पर्दैन ।
संघ परदेश र स्थानिय तहको अन्तरसम्वन्धलाई कसरी लेख्न सकिन्छ ?
संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई राजनीतिक, प्रशासनिक र आर्थिक अन्तरसम्बन्ध गरी तीन शीर्षकमा खण्डित गरेर संविधानका सम्बन्धित व्यवस्थाहरुलाई आधार मानेर लेख्नु पर्ने हुन्छ । यस विषकै उत्तर २०७६ श्रावण ९ गते विहिवारको नयाँपत्रिकाको यसै पेजमा प्रकाशित छ, हेर्नु भयो भने प्रस्ट हुनेछ ।
सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण तथा सार्वजनिक परीक्षणको बारेमा के फरक छ ? यसको उत्तर एउटै हुन्छ वा फरक–फरक हुन्छ ?
सार्वजनिक सुनुवाई, समाजिक परीक्षण र सार्वजनिक परीक्षण सार्वजनिक उत्तरदायित्वका तीन फरक फरक औजारहरु हुन । तसर्थ यी तीन विषयको बारेमा लेख्नु पर्दा फरक फरक लेख्नु पर्ने हुन्छ ।
Monopoly / Carteling मा के भिन्नता छ ?
एकाधिकार बजारमा प्रतिस्पर्धा विरुद्धको अधिकार हो । यसका विभिन्न स्वरुपहरु हुने गर्दछन । तिनीहरुमध्ये कार्टेलिंग एउटा स्वरुप हो जसमा दुई वा दुईभन्दा बढी व्यावसायीले उत्पादन, मूल्य र आपूर्तिमा नियन्त्रण कायम गरी मुनाफा अभिवृद्धि गर्न मिलेमतो गर्नु कार्टेलिंग हो ।
आजको लोकतान्त्रिक युगमा सरकारको भूमिका तथा कार्यक्षेत्रहरु के–के हुन् सक्छन् ?
लोकतान्त्रि प्रणालीमा सरकारको भूमिका नियमनकर्ता, प्रवद्र्धनकर्ता र सहजकर्ताका रुपमा सीमित रही निजी क्षेत्र, नागरिक समाज र सामुदायिक संस्थाहरुको परिचालन र उनीहरुसंगको सहकार्य र साझेदारीमा राज्यका लक्ष्य तथा उद्देश्य प्राप्त गर्ने प्रयत्न गर्नु हुन्छ । सरकारले यस्तो भूमिकामा रहेर ऐन, नियम निर्माण गर्ने, ठूला पूर्वाधार निर्माण गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, समाजका कम्जोर वर्ग तथा समुहको रक्षा गर्ने र निजी क्षेत्रको नियमन गर्ने कार्यहरु गर्दछ ।
बहुराष्ट्रिय राज्य भन्नाले के बुझिन्छ ? नेपालको राष्ट्र निर्माणको प्रक्रियामा रहेका समस्या एव चुनौतिहरु उल्लेख गर्नुहोस् ?
बहुराष्टिय राज्य भनेको एउटै राज्यभित्र धेरैवटा राष्टहरु (फरक फरक सामाजिक, सांस्कृतिक तथा ऐतिहाँसिक पहिचान बोकेका समूदायहरु) रहेको अवस्था हो । नेपालको राष्ट निर्माणका चुनौतीमा मुलतः बृहत स्तरको विविधता, पहिचानको मुद्दाको राजनीतिकरण, विगतमा भएको लामो समयसम्मको द्धन्द्ध, राजनीतिमा क्षेत्रीयता, सामाजिक सांस्कृतिक विभेद र असमानता, अन्धविश्वास, रुढीवाद र भाग्यवाद, जातीय विभेद, राज्यको कम्जोर नियमनकारी भूमिका र सुशासनको अभाव जस्ता कुराहरुलाई समेटेर लेख्नु पर्ने हुन्छ ।
सन् २०२० धेरै टाढा छैन । सरकारले भ्रमण वर्ष २०२० घोषणा गर्दै सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उच्च महत्वकांक्षी सोच लिएको छ । तपाईको विचारमा के यो सम्भव छ । यस क्रममा के–के व्यवधान रहेका देख्नु हुन्छ ?
यस प्रश्नको उत्तर लेख्दा सम्भव छ वा छैन भनी लेख्नु भन्दा पनि सरकारले लिएको सोच महत्वकांक्षी भएकोले यसको प्राप्तीका लागि संवेदनशील भई प्रयत्न गर्नु आवश्यक छ । यसका लागि देहायका व्यवधानहरु आउन सक्छन र तिनको समाधानका लागि सरकारले देहायका कार्यहरु गर्नु पर्दछ भनेर सम्भावित व्यवधान र समाधानका उपाएलाई छुट्टा छुट्टै शीर्षकमा बुँदागत रुपमा लेख्नु राम्रो हुन्छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल अपेक्षाकृत रुपमा सफल बनाउन तीन तहका सरकारले के कस्तो भूमिका निभाउन पर्ला ? आफ्नो धारणा राख्नुहोस् ।
यस प्रश्नको उत्तर लेख्दा संघीय सरकारले भ्रमणवर्षको राष्टिय कार्ययोजना र सो अनुरुपका राष्टिय कार्यक्रमहरु तय गरी तिनको कार्यान्वयनको अनुगमन र मूल्यांकन गर्ने गरी र प्रदेश र स्थानीय तहले राष्टिय कार्ययोजना र कार्यक्रम अनुरुप आप्mनो तहका योजना, कार्यक्रम र कार्ययोजना तर्जुमा र कार्यान्वयन गर्नु पछ भन्ने आसयको उत्तर अलि विस्तृत खाकामा लेख्नु उपयुक्त हुन्छ ।
