Hello NEw
लोक सेवामा आउन सक्ने ७ जटील प्रश्न यसरी हल गर्नुहोस् ।
१. वर्तमान संरचनामा प्रदेश र स्थानीय राजस्व अधिकार परिचालन भनेको के हो ? यसलाई कसरी लेख्दा परिक्षामा प्रभावकारी होला ?
विषयवस्तुलाई प्रस्तुत गर्ने आ-आप्mना शैली हुन सक्छन् । प्रदेश र स्थानीय तहको राजस्व अधिकार संविधानको धारा उल्लेख गरेर बुँदागत रुपमा लेख्दा वा तुलनात्मक रुपमा टेवलमा लेख्दा दुबै सही नै हुन्छ । मुख्य कुरा जुन शैलीमा लेखे पनि संविधानका व्यवस्थामा आधारित भएर नै लेख्नु पर्छ । टेवलमा लेख्ने हो भने पृष्ठभूमिमा संविधानका भाग र धारा उदृत गरी विषयवस्तुलाई भने टेवल भित्र राख्न सकिन्छ । वा तेस्रो विकल्प पृष्ठभूमिमै भाग र धारा उदृत गरी व्यवस्थाहरुलाई प्रदेश र स्थानीय तहमा छुट्याई बुँदागत रुपमा मात्र लेख्न पनि सकिन्छ ।
२. नेपालको भौगोलिक वातावरणले जनजिवनमा पारेको प्रभाव र हावा पानीले पारेको प्रभावको उत्तर एउटै ढाँचाबाट लेख्दा हुन्छ वा फरक फरक ढाँचाबाट उत्तर लेख्दा राम्रो होला ? जस्तैः कसैमा सकारात्मक र नकारात्मक छुट्याएको छ त कसैमा प्रत्येक तत्वहरु लेखी प्रभाव लेखेको हुन्छ । यसमा कुन तरीका राम्रो हो ?
नेपालको भौगोलिक वातावरण र हावापानी भौगोलिक स्थान अनुसार फरक फरक रहेको र प्रत्येक स्थानको भिन्न वातावरण वा हावापानीको सकारात्मक र नकारात्मक दुबै खाले प्रभाव हुने हुँदा भौगोलिक वातावरण र हावापानीको वर्गीकरण अनुसार प्रत्येकको सकारात्मक र नकारात्मक प्रभाव लेख्नु पर्छ । तर समाय व्यवस्थापनलाई ध्यान दिई सीधै बुँदागत रुपमा र प्रत्येकको सकारात्मक प्रभाव ३/४ वटा र नकारात्मक प्रभाव ३/४ वटा बुँदामा मात्र लेख्नु पर्छ ।

३. द्धन्द्ध व्यवस्थापन गर्ने तरिका र प्रक्रिया एउटै हो ? कितावमा समग्रहमा लेखेको भेटिन्छ र कुनैमा छुट्टा –छुट्टै लेखेको हुन्छ । बास्तविक कुन राम्रो हो ?
द्धन्द्ध व्यवस्थापनको तरिका भन्नाले यसका विधी, ढाँचा, उपाय वा रणनीतिलाई बुझिन्छ भने यसको प्रकृया भन्नले द्धन्द्ध व्यस्थापनका क्रमवद्ध क्रियाकलाप, विधी वा चरणलाई बुझिन्छ । त्यसैले द्धन्द्ध व्यवस्थापनका तरिका र प्रक्रिया फरक फरक कुरा हुन ।
४. कुनै पनि प्रश्नको अवधारणा प्रष्ट पार्नुहोस् भन्ने प्रश्नमा सबै कितावमा एउटै भेटिदैन कुनैमा परम्परागत , आधुनिक लेखेको भेटिन्छ भने कसैमा विकासक्रम रुपमा लेखेको हुन्छ । यसको उत्तर कसरी लेख्ने ?
अवधारणा भनेको बुझाई, धारणा, अर्थ वा विचार हो । त्यसैले कुनै पनि विषयको अवधारणा लेख्दा त्यो भनेको के हो भनी सोको अर्थ, परिचय वा परिभाषा, विशेषता, क्षेत्र, मान्यता जस्ता कुराहरु समेटिनु पर्ने हुन्छ । अन्तिममा एक दुई वाक्यमा सो अवधारणाको उत्पति र विकासक्रम समेत लेख्नु राम्रो हुन्छ ।
५. उत्तर लेख्दा शिर्षक राखेर लेख्दा राम्रो भन्छन् कुनै आफुलाई आउने प्रश्नको मात्र शिर्षक राख्दा आधाको नराख्दा केही प्रश्नको मात्र राख्दा अङ्कमा फरक पर्छ कि सबैमा अनिवार्य हो ?
उत्तर लेख्दा प्रश्नले मागेका विषयवस्तुको अलग अलग शीर्षक दिएर लेख्नाले उत्तरमा सबै पक्ष सन्तुलित रुपमा समेटिने र कुनै पनि कुरा नछुट्ने हुन्छ । त्यसैले सम्भव भएसम्म सबै प्रश्नको उत्तर शीर्षक छुट्याई लेख्नु राम्रो हुन्छ । तर कुनै प्रश्नको शीर्षक छुट्याउन सकिएन भने कुनै उत्तर शीर्षक छुटयाएर र कुनै नछुट्याएर लेख्दा पनि फरक पर्दैन ।
६. शिर्षक राख्दा English बाट लेख्दा केही फरक पर्छ ? त्यसैगरी उत्तरको विचमा भ्लनष्किज शब्द लेख्दा कुनै फरक पर्छ ?
उत्तर लेख्दा माध्यम भाषा नेपाली बनाउनुहुन्छ भने बीच बीचमा आवश्यक भएको अवस्थामा अंग्रेजी शब्दहरु लेख्न सकिन्छ । त्यसै गरी बढी उपयुक्त लागेको अवस्थामा शीर्षक उपशीर्षकहरु समेत अंग्रेजीमा लेख्न सकिन्छ । यद्यपि अनावश्यक र भद्धा लाग्ने ढंगले अंग्रेजी शब्दहरुको प्रयोग गर्नाले भने उत्तरलाई अनाकर्षक बनाउँछ ।
७ रोगको परिचय दिई यसको मानसिक ,शारीरिक , सामाजिक आयाम को चर्चा गर्नु होस ? आयाम भन्नाले के बुझिन्छ ?
यो प्रश्नमा आयाम भनेर पक्षलाई भनिएको हो । त्यसैले यस प्रश्नमा रोगले व्यक्तिको मानसिक, शारीरिक र सामाजिक पक्षमा कस्तो असर पार्छ लेख्नुहोस भन्न खोजेको हो ।
