Logo

Hello NEw

समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर: विश्वमा सर्वप्रथम चिठीमा टिकट टाँस्ने प्रचलनको सुरुवात गर्ने देश कुन हो ?



१. “नेपाललिक्स २०१९” कहिले जारी भयो ?
– २०७५ माघ २ गते बुधबार
(स्मरण रहोस् खोज पत्रकारिता केन्द्रको टिमले खोज पत्रकारहरुको अन्तर्राष्टिय संयन्त्र दि इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट आइसिआईजेको सहकार्यमा एक वर्ष लगाएर तयार गरेको खोजको खुलासालाई नेपाललिक्स २०१९ नामाकरण गरिएको)

२. “My head is too full of Triangles, chemical properties and electrical experiments of think much of marriage” भन्ने वैज्ञानिक को हुन् ?
– जोन डाल्टन

सुमन खड्का

३. “शहीद गेट” लाई स्थापना कालमा के नामले चिनिन्थ्यो ?
– नेपाल स्मारक
(स्मरण रहोस् शहीद गेटका डिजाइनर शंकरनाथ रिमाल हुन् ।)

४. आफ्नो लोग्ने परलोक भएकी बिधवा महिलाले नाता नपर्ने परपुरुषलाई लोग्ने जस्तै घरमा राख्न पाउने प्रथा कुन हो ?
– डंगुवा प्रथा

५. बंगलादेशी सरकारले त्यहाँको निजामती सेवामा दिदै आएको आरक्षणको व्यवस्था कहिले बाट खारेज ग¥यो ?
– २०१९ जनवरी २३

६. नेपालको संविधानको कुनै धारालाई संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै पनि सदनमा पेश भएमा सदनमा पेश भएको कति दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्दछ ?
– ३० दिनभित्र

७. ग्रीन वेल्ट मूभमेन्ट कहिले चलेको अभियान हो ?
– सन् १९७७
(स्मरण रहोस् यो अभियान बाङ्गारी माथाईले चलाएकी अभियान हो जसको नारा “प्रत्येक आमाले आफ्ना बच्चा र बिरुवालाई बराबर ममता प्रदान गर्नु पर्दछ ।” भन्ने रहेको छ ।)

८. संयुक्त राष्ट्र संघको सुधार सम्वन्धी Quiet Revolution  नामक प्रतिवेदन पेश गर्ने महासचिव कोफी अन्नान (सन् १९९७ जुलाई १७) हुन् भने Agenda For Peace नामक प्रतिवेदन पेश गर्ने संयुक्त राष्ट्र संघका महासचिव को हुन् ?
– डा. बुत्रोस बुत्रोस घाली

९.“ग्लोब सकर अवार्ड २०१८” कुन खेलाडीलाई प्रदान गरियो ?
– क्रिष्टियानो रोनाल्डो

१०. “बहुआयामिक गरिबी सूचकांक २०७४” अनुसार हाल नेपालमा कति प्रतिशत गरिबी रहेको छ ?
– २८.६२ प्रतिशत
(स्मरण रहोस् २०७४ पुस ५ मा सार्वजनिक भएको उक्त प्रतिवेदन बेलायतको अक्सफोर्ड विद्यालयको अक्सफोर्ड गरिबी तथा मानव विकास पहल ओपीएचआई सँगको सहकार्यमा राष्ट्रिय योजना आयोगले तयार पारेको हो ।)

११. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
– सेप्टेम्बर ८

१२. बैशाख संक्रान्ति वा नयाँ वर्षका दिन पुरानो आगो निभाई गिदरीको काठ आपसमा घर्षण गरी त्यसबाट नयाँ आगो निकाली रमाइलो गर्ने चलन कुन जातिमा छ ?
– दराई

१३. नेपाल बर्डफ्लु मुक्त क्षेत्र कहिले घोषणा भयो ?
– २०७४ जेठ २८

१४. वीर शमशेरद्धारा स्थापित कर्मचारीको हाजिरी जाँच्ने र कर्मचारीको छड्के गर्ने काम गर्ने अड्डालाई के नामाकरण गरिएको थियो ?
 हाजिरी गोश्वारा

१५. ११० किलोमीटर लामो “खोड्पे – बझाङ” मार्गलाई के नामले चिनिन्छ ?
– जय पृथ्वीबहादुर सिंह मार्ग

१६. चर्चित कृति “सल्लीपीर” का लेखक को हुन् ?
– नयनराज पाण्डे

१७. नेपालमा “बाँदर विशेषज्ञ” भनेर डा. मुकेश कुमार चालिसेलाई चिनिन्छ भने “बाघ विशेषज्ञ” भनेर कसलाई चिनिन्छ ?
– डा. झमक बहादुर कार्की

१८. विश्वको उत्कृष्ट १० वटा साहसिक जलयात्राको सूचीमा नेपालका कुन कुन २ नदीहरु समावेश भएका छन् ?
– कर्णाली र सुनकोशी

१९. भर्नाकलु प्रेस एक्ट पारित गरी समाचार पत्रमाथि सेन्सर प्रथा लागु गर्ने अंग्रेजी शासक को हुन् ?
– लर्ड लिट्टन

२०. विश्वमा सर्वप्रथम चिठीमा टिकट टाँस्ने प्रचलनको सुरुवात गर्ने देश कुन हो ?
– बेलायत

२१.सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७५ अनुसार कम्पनी ऐन अनुसार गठन भएका सार्वजनिक संस्थानको संख्या कति रहेको छ ?
– २८ वटा

२२. “हामी अधिकार र न्याय कसैलाई बेच्नै छैनौं, कसैलाई इन्कार गर्ने छैनौं र कसैलाई न्याय दिन ढिलाई गर्ने छैनौं” भन्ने अभिव्यक्ति कहाँ लेखिएको थियो ?
– म्याग्नाकार्टा

२३. नेपालमा लैंगिक समानताको नीति कुन योजना देखि सुरु भयो ?
– नवौं आवधिक योजना (२०५४—२०५९)

२४. नेपालमा सबैभन्दा बढी बैदेशिक लगानी गर्ने देश कुन हो ?
– भारत (दोश्रो चीन)

२५. औद्योगिक व्यवसाय ऐन २०४९ कहिले देखि लागु भयो ?
– बि.स. २०४९ कार्तिक २७

प्रतिक्रिया दिनुहोस्