Hello NEw
नेकपा बैठक– विभिन्न आयोगका अध्यक्ष र सचिवहरुको लाग्यो टुंगो
काठमाडौं, २५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सांगठनिक एकताको टुंगो लगाउन सकेको छैन । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले विभिन्न आयोगका अध्यक्ष र सचिवहरुको भने टुंगो लगाइ सकेको छ ।
उनका अनुसार केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा र सचिवमा अशोक रोकाया चयन भएका छन् । त्यसैगरी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णु पुकार श्रेष्ठ, सचिव माधव पौडेल, केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्षमा पुष्प कडेँल, सचिव टेकनाथ आचार्य चयन भएका छन् । नेकपाको विधानमा केन्दीय आयोग बनाउने व्यवस्था रहेको छ।
सचिवालय बैठकले केन्द्रीय सल्लाहकार कमिटी अध्यक्ष केशव बडाल, सचिव नन्दकुमार थापा, जेष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष नन्दकुमार प्रसाई, सचिव गोविन्द ज्ञवालीलाई चयन गरेको छ । नेकपाले प्रवास कमिटीले नबनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले प्रवासमा रहेका नेपालीलाई कसरी समेट्ने भन्ने विषयमा पार्टीमा थप छलफल गरिने बताए । श्रेष्ठले पार्टीको बैठकमा मन्त्री परिषद् फेरबदलबारे छलफल नभएको बताए ।
