Logo

Hello NEw

३ सय १४ थान उजुरी दार्चुलाबाट



काठमाडौं, २५ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा ३ सय १४ थान उजुरी दर्ता भएको छ । यो उजुरी संख्या आयोगको कार्यालय स्थापनाबेला देखिको हो । आयोगको कार्यालय कञ्चनपुरले दार्चुला जिल्लामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरीएको कार्यपत्रमा आयोगको कार्यालय स्थापना भए देखी दार्चुला जिल्लाबाट ३ सय १४ थान उजुरी दर्ता भएको उल्लेख छ ।

आयोगको कार्यालय कञ्चनपुरमा दार्चुला जिल्लाबाट आर्थिक वर्ष २०७०/७१ मा ४५ उजुरी दर्ता भएकोमा ६ थान उजुरी फछर्यौट भएका छन् । आर्थिक वर्ष २०७१/७२ मा ८१ थान उजुरी दर्ता भएका थिए भने सोही संख्यामा फछर्यौट गरिएको उ छ । आर्थिक वर्ष २०७२/७३ मा ५२ थान दर्ता भएकोमा ६४ थान उजुरी फछर्यौट भएका छन, भने आर्थिक वर्ष २०७३/७४ मा ३२ थान दर्ता भएकोमा ३७ थान उजुरी फछर्यौट गरिएको कार्यपत्रमा उल्लेख छ ।

यस्तै आर्थिक वर्ष २०७४/७५ मा २६ थान दर्ता भएकोमा १९ थान, आ.व. २०७५ /७६ मा ४६ दर्ता भएकोमा ३१ तथा आर्थिक वर्ष २०७६/७७ मा ३२ दर्ता भएकोमा १२ थान उजुरी फछर्यौट गरिएको छ । दार्चुला जिल्लाबाट दर्ता भएका कुल ३ सय १४ उजुरी मध्ये हाल सम्म २५० थान उजुरी फछर्यौट भइसकेको छ । दर्ता भएका कुल उजुरी मध्ये ६४ थान उजुरी फछर्यौट गर्न बाकी रहेको समेत उहाले बताउनुभयो । जिल्लाबाट दर्ता भएका उजुरीको ८० प्रतिशत उजुरी फछर्यौट गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा हाल सम्म दर्ता भएका कुल दर्ता भएका ५१८४ थान उजुरी मध्ये ४३२७ थान उजुरी फछर्यौट गरेको तथा ८ सय ५७ थान उजुरी फछर्यौट गर्न बाकी रहेको देखाएको छ ।

कार्यालयमा उपभोक्ता समिति गठनमा आफ्नो मान्छे राख्ने गरेको, पूर्वाधार निर्माणमा गुणस्तर कायम नभएको, निर्माण तथा खरिद कार्य गराउँदा प्रतिष्पर्धा नगराएको, स्थानीय दररेट निर्धारणमा चलखेल, सामान खरिदमा परिमाण, गुणस्तर र मुल्यमा अनियमितता गरेको तथा कर्मचारी शिक्षक भर्ना छनौट र सार्वजनिक खरिदमा नातावाद, कृपावाद हावी भएको उल्लेख गरेर उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्