Logo

Hello NEw

बुधबार ३ सय ३८ जना प्राविधिक अधिकृतका लागि विज्ञापन हुँदै, इञ्जिनियरिङ तर्फ २ सय १९ जना माग



काठमाडौ २५ कात्तिक । सरकारले प्राविधिक तर्फ राजपत्रांकृत तृतीय श्रेणी (अधिकृत स्तर) का विभिन्न पदहरुमा ३ सय ३८ जना कर्मचारी माग गर्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्राविधिक तर्फ विभिन्न ६ वटा सेवा समूहका विभिन्न पदहरुमा करिब ३ सय ३८ जना कर्मचारी माग गर्दै लोक सेवा आयोगमा प्रस्ताव पठाएको हो ।
लोक सेवा आयोग स्रोतले मन्त्रालयले पठाएको विवरण प्राप्त भएको र बुधबारको गोरखापत्रबाट सरकारले माग गरेको प्राविधिक तर्फ अधिकृतहरुको विज्ञापन हुने जनाएको छ । स्रोतले प्राविधिक तर्फ सरकारले माग गरेको संख्याहरुमध्ये इञ्जिनियरिङ सेवा तर्फ धेरै संख्या रहेको जनाएको छ । बुधबार करिब ३ सय ३८ जनाका लागि विज्ञापन हुन लागेकोमा इञ्जिनियरिङ सेवा तर्फ मात्र २ सय १९ जनाको लागि विज्ञापन हुँदैछ ।
स्रोतका अनुसार इञ्जिनियरिङ अन्तरगत सबै भन्दा धेरै संख्यामा नापी अधिकृत र हाइ-वे इञ्जि नियरको माग भएको छ । नापी अधिकृतमा ६३ जना कर्मचारीको माग भएको स्रोतको दावी छ ।
कृषि र वनमा न्युन कर्मचारी माग
सरकारले प्राविधिक सेवा अन्तरगत तुलनात्मक रुपमा कृषि र वन सेवातर्फ कम कर्मचारी माग गरेको छ । स्रोतका अनुसार सरकारले कृषितर्फ विभिन्न पदका ५१ जना र वन तर्फ विभिन्न पदका १२ जना कर्मचारी लोक सेवा आयोगसँग माग गरेको छ । यस्तै शिक्षा सेवा तर्फ ११ जना प्राविधिक अधिकृत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्