Logo

Hello NEw

निजामती सेवाको प्राविधिक तर्फका विभिन्न ३ सय ६५ पदमा बढुवाको सुचना प्रकाशित



काठमाडौ २७ कात्तिक । लोक सेवा आयोगले जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने प्राविधिक तर्फ विभिन्न सेवाको बढुवाका लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (प्राविधिक) तर्फका पदहरुमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा पूर्तिका लागि बुधबार सुचना प्रकाशित गरेको हो ।

उक्त बढुवाका लागि निजामती सेवा ऐन, २०४९ (चौथो संशोधन) को दफा २४ घ १ क तथा कर्मचारी समायोजन ऐन, २०७५ को दफा १४ को उपदफा ४ बमोजिम सम्भाव्य उम्मेदवारहरुले लोक सेवा आयोगबाट निर्धारित दरखास्त फाराममा उल्लेखित विवरण खुलाई मिति २०७६-९-१ सम्ममा दरखास्त दिनुपर्नेछ । आयोगले उम्मेदवारहरुले दरखास्त दिँदा निजामती सेवा ऐन, २०४९ को दफा २२ बमोजिम बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन अयोग्य नभएको हुनु पर्ने जनाएको छ ।

यस्तै निजामती सेवा ऐन, २०४९ को दफा २१ बमोजिम बढुवाको लागि बढुवा हुने पदको श्रेणी भन्दा एक श्रेणी मुनिको पदको लागि तोकिए बमोजिमको शैक्षिक योग्यता र न्यूनतम सेवा अवधि पुगेको हुनुपर्ने जनाएको छ । यस्तै दरखास्त फाराम भर्दा निजामती किताबखानाबाट आपूmले पाएको संकेत नम्बर अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ । समकक्षता निर्धारण गर्नुपर्ने शैक्षिक योग्यताको हकमा समकक्षता निर्धारण गरेको प्रमाणित प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।

यसैगरि दरखास्त साथ बढुवा हुने पद भन्दा एक श्रेणी मुनिको पदमा सम्बन्धित सेवा, समूह वा उपसमूहसँग सम्बन्धित विषयमा एक महिना वा सोभन्दा बढी अवधिको सेवाकालीन तालिमको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ । अन्त्यमा दरखास्त फारामको सम्पूर्ण महलहरुमा उल्लेख भए बमोजिमका विवरणहरु स्पष्ट खुलाउनु पर्नेछ ।
हेनुस् विज्ञापनको पूर्ण विवरण

psc

प्रतिक्रिया दिनुहोस्