Logo

Hello NEw

स्थानीय आर्थिक कार्य प्रणाली बारे उल्लेख गर्नुहोस् ?



स्थानीय आर्थिक कार्य प्रणाली बारे उल्लेख गर्नुहोस् ? (५)

‘सरकार संचालनको आधारः आर्थिक कार्य प्रणाली’
सरकारले संचालनगर्ने हरेक आर्थिक गतिविधिसँग सम्बन्धित क्रियाकलापलाई नै आर्थिक कार्यप्रणाली भनिन्छ । स्थानीय आर्थिक कार्यप्रणालीले स्थानीय सरकारको आर्थिक गतिविधि र त्यस सगँ सम्बन्धित सम्पूर्ण क्रियाकलापलाई जनाउँदछ । नेपालको संविधानको भाग १९ धारा २२८ देखि २३० सम्म स्थानीय आर्थिक कार्यप्रणाली बारे उल्लेख गरिएको छ ।

स्थानीय आर्थिक कार्य प्रणाली
धारा २२८ मा कानून बमोजिम बाहेक स्थानीय तहमा कुनै कर लगाउन, उठाउन र ऋण लिन नपाइने व्यवस्था रहेको छ । तर स्थानीयतहले आफ्नो अधिकार क्षेत्रभित्रको विषयमा राष्ट्रिय आर्थिक नीति, वस्तु तथा सेवाको ओसार प्रसार,पुँजी तथा श्रम बजार, छिमेकी प्रदेश वा स्थानीय प्रदेशलाई प्रतिकुल असर नपर्ने गरी कर लगाउन सकिने व्यवस्था रहेको छ ।

धारा २२९ मा स्थानीय संचित कोषको व्यवस्था रहेको छ ।जसमा प्रत्येक स्थानीय तह लाई प्राप्तहुने सबै प्रकारको राजस्व, नेपाल सरकार वा प्रदेश सरकार बाट प्राप्त हुने अनुदान तथा गाउँपालिका र नगरपालिकाले लिएको ऋण रकम र अन्य स्रोतबाट प्राप्तहुने रकम जम्मागरिने उल्लेख छ । उक्त रकम स्थानीय कानून बमोजिम खर्च गर्न सकिने व्यवस्था रहेको छ ।

धारा २३० मा गाउँपालिका र नगरपालिकाको राजस्व र व्यवको अनुमान रहेको छ । जस अनुसार प्रत्येक गाउँपालिका र नगर पालिकाकाले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय कानून बमोजिमगाउँ सभा र नगर सभामा प्रस्तुतगर्नु पर्ने र त्यसरी राजस्व र व्यवको अनुमान पेश गर्दा घाटा बजेट निर्माण गर्नु पर्ने भएमा संघीय कानून र प्रदेश कानून बमोजिम घाटा पूर्ति गर्ने स्रोत समेतको प्रस्ताव पेश गर्नु पर्ने व्यवस्था रहेको छ ।

यसरी,
स्थानीय सरकार संचालनको लागिआवश्यक पर्ने आर्थिक श्रोत तथा साधनको संकलन गरी संचितकोषमा रकमजम्मागर्ने, संकलित रकमको विनियोजन गर्ने, विनियोजित रकमलाई स्वीकृत गर्ने, बजेट बमोजिमको रकम खर्च गरी सो को लेखांकन तथा प्रतिवेदन गर्ने, कार्यको लागिआर्थिक कार्यप्रणाली आवश्यक पर्दछ । त्यसका लागि स्थानीय सरकार संचालन ऐन २०७४ ले पनि यसलाई थप व्यवस्थित बनाएको छ ।

डा. टोकराज पाण्डे, सहसचिव (नेपाल सरकार)

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीको महत्व लेख्नुहोस् ? (५)

‘व्यवस्थापकलाई निर्णय गर्न सहयोग गर्ने प्रणाली ‘
कार्यालयका हरेक क्रियाकलापहरु निर्णयको आधारमा हुन्छन भने निर्णयका हरेक क्रियापलापहरु सूचनामा आधारित हुन्छन । व्यवस्थापनका लागि निर्णय गर्दा आवस्यक पर्ने सूचना तथा तथ्यांकहरु एकै ठाउवाट उपलव्ध गराउने पद्धति नै व्यवस्थापन सूचना प्रणाली हो । यसवाट कार्यालयको काम सहज, सरल र वैज्ञानिक तबरले संचालन हुन्छ ।

कार्यालयमा व्यवस्थापनमा सूचना प्रणालीको महत्व :
– कार्यालयका काम काजलाई वैज्ञानिक र सरल ढङगले संचालन गर्न,
– योजना र नीति निर्माणमा भरपर्दो, यर्थाथ परक र विश्वसनिय तथ्याङ्क प्रदानगर्न,
– कार्यालयको कार्यबोझ घटाई कार्यमा शिघ्रता ल्याउन,
– स्रोत र साधनको अतिउ त्तम परिचालनगर्न,
– थोरै लागतमा अधिकतम उपलब्धि हासिल गरी कार्यालयको लक्ष्य हासिल गर्न,
– कर्मचारीलाई काम प्रति जिम्मेवार बनाउन,
– कार्यालयका क्रियाकलाप र कर्मचारी विच नेटवर्क बनाउन,
– कार्यालयको ख्याति वृदिगर्दै कार्यालयको काम प्रति जनविश्वास बढाउन,
– राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भएका असल अभ्यासहरुको अनुसरण गर्न,
– कार्यालयका कृयाकलापलाई सहभागितामुलक बनाई अपनत्वबोध गर्न,
– जवाफदेहीएवं पारदर्शि ढङ्गले कार्य सम्पादनगर्न,
– समग्रमा,विधिको शासन र शुसासनलाई सस्थागत गर्न ।

निष्कर्ष,
कार्यालयको निर्णय प्रक्रियालाई सहयोग गर्ने किसिमका सूचना तथा तथ्याङ्कको पहिचान, संकलन, प्रसोधन एवं सम्प्रेसणले कार्यालयमा सही र यर्थाथ सूचनाको आधारमा काम गर्ने वातावरण बन्दछ । यसवाट न्यूनतम लागतमा अधिकतम उपलब्धि हासिल भई कार्यालय प्रति सार्वजनिक विश्वास कायम हुने र शुसासनको प्रवद्र्धनमा सहयोग पुग्दछ ।

प्रतिक्रिया दिनुहोस्