Hello NEw
चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७६ हुँदै

काठमाडौं, २७ कात्तिक । चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी मेला २०७६ चितवनमा आयोजना हुने भएको छ । नेपाल घरेलु तथा आयातित नमुना कृषि मेशिनरीका प्रदर्शनी तथा संचालनको जानकारी दिने उद्देश्यले राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ आयोजना गर्ने भएको हो । बुधबार एक सूचना जारी गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो कुराको जानकारी गराएको छ ।
कृषि पूर्वधार तथा कृषि यान्त्रीकरण केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर ३ तथा नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) लगायतका अन्य विभिन्न सरोकालवाला निकायहरुको संयुक्त आयोजनामा हुने मेला आउँदो मंसिर ६ गते देखि ९ गते सम्म सञ्चालन हुने भएको छ ।
प्रर्दशनीमा करिब २२ देशका कृषि मेशिनरीसंग आवद्ध वैज्ञानिक, बिमा कम्पनीहरु, नेपाल बैंक तथा वित्तिय संस्थाहरु, नेपालमा रहेका कृषि मेशिनरी आयातकर्ता, विक्रेता तथा विदेशी कम्पनीहरु लगायत अन्य सरोकारवालाहरुको सहभागीता रहनेछ । करिब १ लाख भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्ष राखिएको प्रर्दशनीमा १ सय ५० स्टल हुनेछ ।
प्रर्दशनीले स्थानीय तहहरुले अंगिकार गरेको कृषि यान्त्रीकरण मार्फत कृषिमा रुपान्तरण सहितको आधसनिकिकरणको उद्देश्य परिपुर्तिमा ठोस मद्दत पुग्ने भन्दै ७५३ स्थानीय तहहरुका कृषक, निजामती कर्माचारी, तथा जनाप्रतिनिधिहरु लगायत अन्य सरोकारवालाहरुलाई सहभागीता जनाउन पर्ने सूचनामा उल्लेख गरीएको छ ।
हेर्नुहहोस् सूचना विस्तृतमा:
KrishiMela.docx