Hello NEw
जैविक विविधता र शहरीकरण सम्बन्धि प्रश्नबारे सहसचिव डा. टोकराज पाण्डे

१) जैविक विविधता भनेको के हो ? जैविक विविधता संरक्षणका उपायहरू लेख्नुहोस् ?
पर्यावरणीय सन्तुलनका लागि जैविक विविधता:
जीवनत्व पाएका जीव तथा वनस्पतीको अनेकता र तिनीहरूको अन्तर्सम्बन्धको समष्टीगत स्वरुप नै जैविक विविधता हो । पृथ्वीमा मानिस लगायत विभिन्न पशुपन्क्षी, प्राणी तथा वनस्पतीहरू रहेका छन र तिनीहरू बीचमा एक आपसमा भिन्नता एवं विविधता रहेको छ त्यसलाई समेत जैविक विविधता भनिन्छ ।
प्रतिइकाई क्षेत्रफलमा रहेका, जिवाणु, वंशाणु, किटपतंङ्ग, जिवजन्तु, प्राणी तथा वनस्पती बीचको अन्तर्सम्बन्धलाई त्यस स्थानको जैविक विविधता भनिन्छ । यसको अवधारणा सन् १९८० को मध्यबाट विकसित भएको हो । पारस्परिक प्रणाली विविधता, प्रजाती विविधता र वंशाणुगत विविधता गरी यो तीन प्रकारको हुन्छ । जैविक विविधता अन्तर्गत जिवहरूको किसिम र तिनीहरूमा पाइने फरकपनलाई बुझिन्छ ।
जैविक विविधता संरक्षणका उपायहरू,
– जैविक विविधता संरक्षण सम्बन्धी सुस्पष्ट नीतिको तर्जुमा र कार्यान्वयन गर्ने,
– यसको संरक्षणका लागि स्थानीय संघसंस्था, समुदायको सकृय सहभागीता बढाउने,
– विकासका गतिविधि सञ्चालन गर्दा वातावरण र विकास बीच तादाम्य कायम गर्ने,
– व्यवस्थित शहरीकरणमा जोड दिने,
– वनजंगलको उचित संरक्षण र सम्वद्र्धन गर्ने,
– वन सम्पदाको अनधिकृत प्रयोग र उर्जाको श्रोतको रुपमा प्रयोग गर्न वन्द गर्ने,
– रासायनिक मल तथा किटनासक विषादीको प्रयोगमा कमी ल्याउने,
– बढ्दै गएको वातावरण प्रदूषणलाई नियन्त्रण गर्ने,
– बढ्दो जनसंख्या वृद्धि नियन्त्रण गर्ने,
– जैविक विविधता संरक्षणका लागि नागरिक चेतनाको विस्तार गर्ने,
– वृक्षारोपण तथा सामुदायिक वन विकासमा जोड दिने,
– धार्मिक एवं सांस्कृतिक परम्पराको उपयोग गर्ने (जस्तैः वर, पिपल, तुलसी, वेल आदि रोप्ने र जगेर्ना गर्ने)
अन्त्यमा,
माथी उल्लेखित उपायहरू अवलम्बन गरेर जैविक विविधताको संरक्षण गर्न सक्ने देखिन्छ । यसबाट वातावरण संरक्षण र प्राकृतिक सन्तुलन भई जीव र वनस्पतीको अन्तर्सम्वन्ध कायम रही रहन्छ ।
२) शहरीकरणलाई व्यवस्थित गर्न के गर्नुपर्ला मौलिक सुझाव दिनुहोस् ?
विकासको प्रतिविम्ब शहरिकरण :
सानावस्तीहरु विकास हुँदै क्रमशः ठुला शहरमा रुपान्तरण हुने प्रक्रिया नै सहरीकरण हो । विकासकापुर्वाधारहरुको यथेष्ट व्यवस्थाभएको तथा घना आवादीभएको ठाउँलाई सहरिकरणका रुपमावाशहरका रुपमालिन सकिन्छ । जनसंख्याको तिव्रतर वृद्धिसंगै शहरीकरण विश्वव्यापी साझा समस्याको रुपमा देखा परेको छ ।
शहरीकरणलाई व्यवस्थीतगर्नेउपायहरु,
– व्यवस्थित शहरीकरण सम्बन्धी दीर्घकालिन नीति तर्जुमा र कार्यान्वयन गर्ने,
– तीब्रतर रुपमा भइरहेको जनसंख्या वृद्धि नियन्त्रण गर्ने,
– बसाइँसराई प्रक्रियालाई व्यवस्थित गर्ने,
– ग्रामीण क्षेत्रमा साना शहरहरूको विकासमा जोड दिने,
– देशको सन्तुलित विकासमा ध्यान दिने,
– विकेन्द्रीत शासन पद्धतिको सिद्धान्त अवलम्बन गर्ने,
– स्थानीयस्तरमा रोजगारीको अवसर सृर्जना गर्ने,
– स्थानीय स्तरमा विकासका पूर्वाधारहरूको स्थापना गर्ने,
– शहरमा फोहरमैलाको उचित व्यवस्थापन गर्ने,
– संघीयताको प्रभावकारी कार्यान्वयन गर्ने,
– एकिकृत बस्ती विकासमा जोड दिने,
– वहुतलायुक्त आवासीय भवनहरू बनाउने,
– छुट्टै प्रशासनिक क्षेत्र तोक्ने,
– ढल, खानेपानी, यातायात, सडक विद्युत जस्ता विकासका पूर्वाधारको यथोचितव् यवस्था गर्ने,
– शहरमा बस्ने मानिसहरूमा जनचेतना विस्तार गर्ने,
अन्त्यमा,
आधुनिक र स्मार्ट शहर मार्फत बढ्दो जनसंख्याको उचित व्यवस्थापन र आर्थिक गतिविधिहरूलाई गति दिन सकिन्छ । नेपालमा संघीयताको पूर्ण तथा कार्यान्वयन भइसकेपछि विकेन्द्रीत शासन पद्धतिले सार्थकता पाउने र सोही बमोजिम हालको शहरीकरणको समस्या पनि समाधान हुँदै जाने निश्चित छ ।
