Hello NEw
निजामती कर्मचारी अब ६० वर्षमा मात्रै अवकास हुने
काठमाडौं, २८ कात्तिक । निजामती कर्मचारीहरूको उमेर हद अब देखि ६० वर्ष कायम गर्ने निर्णय भएको छ । अहिले कर्मचारीको उमेरहद ५८ वर्ष छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकले नयाँ बन्ने निजामति सेवा ऐनमा नै उमेरहद ६० वर्ष राख्ने निर्णय गरेको हो ।
नेपालीहरूको औसत आयु बढेको भन्दै कर्मचारीको उमेरहद पनि बढाउन यसअघि लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वको समितिले सिफारिस गरेको थियो ।
सन् २०१९ देखि पूर्ण रूपमा लागू हुने गरी कर्मचारीको उमेरहद ६० वर्ष कायम गरिएको हो ।उमेरहद वृद्धि गर्दा राज्यलाई निवृत्तिभरणको खर्च कम हुने विश्वास गरिएको छ ।
