Logo

Hello NEw

यातायात कार्यालय काठमाडौंका अधिकृत घुससहित पक्राउ



काठमाडौं, २८ कात्तिक । यातायात व्यवस्था कार्यालय काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित ५ जना घुससहित पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित पक्राउ गरेको हो ।

भट्टराईसहित रिकन्डिसन हाउसका प्रतिनिधि किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकी पनि पक्राउ परेका छन् । मोटरसाइकल पास गर्न आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत मोटरसाइकल पास गर्न सजिलो सजिलो गराइदिने भन्दै उनीहरुले घुस लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । कार्यालय परिसरबाट घुस रकमसहित पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको कार्यालयले छ ।

प्रतिक्रिया दिनुहोस्