Logo

Hello NEw

नेपाली भलिबल टिमले जिते ऐतिहासिक उपाधि



काठमाडौं, २८ कात्तिक । नेपाली महिला भलिबल टिमले ऐतिहासिक उपाधि जितेको छ । बंगलादेशको राजधानी ढाकामा भएको प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेर नेपालले अन्तर्राष्ट्रिय उपाधि जितेको यो पहिलो पटक हो ।

नेपालले बिहीबार भएको उपाधि भिडन्तमा माल्दिभ्समाथि ३–० सेटको जित हात पारेको हो ।नेपालले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–८ ले जित्यो ।

उपाधि जित्ने क्रममा नेपालले समूह चरण र फाइनलमा गरी कुनै पनि सेट गुमाए। समूह चरणमा अपराजित रहने क्रममा नेपालले आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानलाई पनि सहज रुपमा पराजित गरेको थियो ।

नेपाली महिला भलिबल टिम सन् १९९९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो। नेपालले सन् २००६, २०१० र २०१६ को साग पनि कास्य पदक हात पारेको थियो ।

नेपाली महिला भलिबल टिमले जितेको ठूलो पदक २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक हो ।

प्रतिक्रिया दिनुहोस्