Logo

Hello NEw

सचिवालयका छ जनाको मात्रै राजीनामा स्वीकृत



काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका सचिवालयका छ जनाको मात्रै राजीनामा स्वीकृत भएको छ । केही समय अघि प्रधानमन्त्रीको निर्देशनअनुसार सचिवालयमा रहेका १३ जनाले राजीनामा दिएका थिए ।

प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत भएको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ।

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीको सचिवालयका प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस विज्ञ रामसरण बजगाईँ लगायतका भने यथावत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्