Logo

Hello NEw

गोरखापत्र संस्थानका उप–सम्पादकको नक्कली प्रमाणपत्र



काठमाडौं, २ मंसिर । गोरखापत्रका तत्तकालीन उप– सम्पादक बासुदेव पोखरेल विरुद्ध नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोप लागेको छ । उनले नक्कली प्रमाणपत्र देखाएर सरकारी संस्थानमा जागिर खाएको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको हो ।

उनले स्नातक तहको सबै शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेको प्रमाणित भएको हो । पोखरेललाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम सजाय हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
साथै त्रिभुवन विश्वविद्यालयका तत्कालीन परीक्ष प्रशाासन महाशाखा प्रमुख बैकुण्ठ प्रसाद थपलियाले गलत मनसायका साथ प्रमाणपत्र प्रमाणिकरण गरिदिएकाले उनलाई पनि भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार नै कारवाही हुने अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्