Hello NEw
वडाअध्यक्ष घुस रकम सहित पक्राउ
मोरङ, ३ मंसिर । मोरङको जहदाका वडा अध्यक्ष उमेशकुमार साह घुस सहित पक्राउ परेको छ । साहले सोही वडाका हरिलाल सर्वरियाको घर देखि बाँधसम्मको ग्राभेल सडक निर्मानमा कार्य कार्यन्वयनमा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसंग २१ हजार घुस मागेका थिए ।
उनले घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान गरी घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
