Hello NEw
“सबै करारहरु सम्झौता हुन् तर सबै सम्झौताहरु करार होइनन् “
लक्ष्मी प्रसाद शर्मा
‘सबै करारहरु सम्झौता हुन् तर सबै सम्झौताहरु करार होइनन्’ व्याख्या गर्दै सम्झौता र करार बिच भिन्नता छुट्याउनुहोस् ।
“सबै करारहरु सम्झौता हुन् तर सबै सम्झौताहरु करार होइनन् “
- कुनै काम गर्न वा नगर्नका लागि परस्परमा कानुनी अधिकार र दायित्व सिर्जना हुने गरी दुई पक्ष बिच हुने सम्झौता वा कबुललाई करार भनिन्छ ।
- भारतीय करार ऐन, १८७२ को दफा २(ज) अनुसार करारको परिभाषा ‘कानुनद्धारा लागू गर्न सकिने सम्झौता नै करार हो ‘ ( An agreement enforceable by law is a contract)
- मुलुकी देवानी (संहिता) ऐन, 2074 को दफा ५०४ मा “दुई वा दुईभन्दा बढी ब्यक्तिहरुबीच कुनै काम गर्न वा नगर्नका लागि कानुन बमोजिम कार्यान्वयन गर्न सकिने कुनै सम्झौता भएमा करार भएको मानिनेछ” ।
- कुनै काम गर्न वा नगर्नको लागि दुई पक्ष मिलि गरिएको सहमति नै सम्झौता हो । कुनै सम्झौता कानुनद्धारा लागू गर्न सकिने हुन्छ भने कुनै सम्झौता आपसी विश्वास र समझदारीमा अडिएको हुन्छ यस्तो सम्झौता कानुनले मान्यता दिदैन ।
- त्यसैले कानुनी दायित्व सिर्जना नहुने र गैरकानुनी सम्झौता कानुनद्बारा कार्यान्वयन गर्न सकिदैन तर करारले एक अर्कोको अधिकार र दायित्व सिर्जना गर्ने भएकोले एकको दायित्व अर्कोको अधिकार र एकको अधिकार अर्कोको दायित्व स्थापित हुन्छ । जुन कानुनद्धारा कार्यान्वयन गर्न सकिन्छ ।
- जस्तै क ले ख लाई २०७६/०१/१० गते सामान पठाउन र ख ले भुक्तानी दिन सहमत हुन्छन् । तर उक्त दिन क ले सामान पठाउदैन अर्थात पठाए पनि ख ले सामानको भुक्तानी दिदैन । यहाँ मर्का पर्ने दुई पक्ष क र ख ले उपचारका लागि कारबाही चलाउन सक्छन् । यहाँ सामान दिनु क को दायित्व हो भने सो सामान पाउनु ख अधिकार हो । अत: सम्झौताले यस्तो दायित्व सिर्जना गर्दैन भने त्यस्तो सम्झौता नैतिक दायित्वयुक्त, मैत्रीपुर्ण र घरायसी खालको सम्झौता मात्र हुन्छ, जसलाई अदालतबाट लागू गर्न सकिदैन ।
- करारमा दुई पक्ष हुन्छन् प्रस्तावक र स्वीकृतिकर्ता । करारको पालना गर्नु सम्वन्धित पक्षहरुको दायित्व हुन्छ जुन बन्धनकारी हुन्छ तर कानूनद्धारा लागू गर्न नसकिने कबुल वा सम्झौता पक्षहरुका लागि बन्धनकारी हुदैन ।
- अदालतमा लागू गर्न नसकिने सबै प्रकारका सम्झौताले करारको रुप धारण गर्न नसकिने तर सबै करार अदालत बाट लागू गर्न सकिने भएकोले ।
- माथिको परिभाषा र व्याख्याबाट के निष्कर्शमा पुग्न सकिन्छ भने “सबै करार सम्झौता हुन् तर सबै सम्झौता करार होइनन् “(All contracts are agreement but all agreements are not contract)
सम्झौता र करारबीच मूलभूत भिन्नता
- सम्झौताको क्षेत्र व्यापक हुन्छ, करारको क्षेत्र संकुचित हुन्छ ।
- सम्झौता बाध्यात्मक करार होइन, करार पक्षहरुका लागि बाध्यकारी वा बन्धनयुक्त हुन्छ ।
- हरेक सम्झौता करार नहुन सक्छन् , सबै करार सम्झौता हुन ।
- सम्झौताद्बारा कानुनी दायित्व सिर्जना हुन पनि सक्छ, नहुन पनि सक्छ तर करारबाट कानुनी दायित्व सिर्जना हुन्छ ।
- प्रस्ताव + स्वीकृतीबाट सम्झौता बन्छ, सम्झौता + कार्यान्वयन बाट करार बन्छ ।
निश्कर्ष – करार दुई पक्षका वीच गरिने सम्झौता भएकोले सम्झौता बमोजिम आपसी विश्वास र इमान्दारीताका साथ कानुनको परिधि भित्र रहेर सम्झौताको पूर्ण परिपालना गर्नु करारका सबै पक्षधरका लागि हितकर हुन्छ ।
