Logo

Hello NEw

सह–सचिव डा. टोकराज पान्डेद्धारा लिखित ‘उप–सचिव तथा सह–सचिव दिग्दर्शन’ वजारमा



काठमाडौं, ५ मंसिर । लोक सेवा आयोगको उप–सचिव तथा सह–सचिव पदको गहन तयारीका लागि सहसचिव तथा उपसचिव दिग्दर्शन वजारमा आएको छ । सहसचिब डा. टोकराज पान्डेद्धारा लिखित उक्त पुस्तक लोक सेवा आयोगको नंया पाठ्यक्रममा आधारित रहेर लेखिएको पुस्तक हो । पुस्तकलाई ऐस्वर्य पब्लीकेशन्स मार्फत वजारमा ल्याएको छ ।

पछिल्लो समय नेपाल सरकारले उप–सचिव र सह–सचिवको पदपुर्तिका लागि ठूलो संख्यामा विज्ञापन गर्दै आएको छ । त्यस कारण पनि लोक सेवाको उप–सचिव तथा सह–सचिब तयारीका लागि यो पुस्तक अन्य पुस्तकहरुको तुलनामा उत्कृष्ट प्रतिस्पर्धी पुस्तक बन्ने देखिन्छ । उपसचिवको नंया पाठ्यक्रम परिवर्तत गरी सह–सचिव र उप–सचिव बीच एकरुपता मिलाइए पछि पुस्तकले उत्तरको ढांचा कस्तो लेख्ने भन्ने स्पष्ट दिशानिर्देश गरेको छ । पुस्तकको लेखाइ र प्रस्तुति थप सरल, बोधगम्य र वैज्ञानिक छ ।

पुस्तकलाई सिद्धान्तभन्दा व्यवहारीक सफलताका आधारमा तयार गरीएको छ । पुस्तकमा विगत वर्षका परीक्षाहरुमा प्राप्त भएका सफलतालाई आधार मानेर लोक सेवाले खोज्ने, माग्ने र रुचाउने विषयलाई आधार बनाएर प्रश्नोत्तर तयार पारिएको लेखकको भनाई छ । उपसचिवको समस्या समाधान ढांचाका नमुना उत्तर र अभ्यास प्रश्न एवं उपसचिव एवं सहसचिवको मामिला विश्लेषणका लागि पुस्तक उपयोगी देखिन्छ । पुस्तक चैतन्य इन्ष्टीच्युट अफ मेनेजमेन्ट शंखमुलमा पाइन्छ ।

यस्तो छ पुस्तकको अंश;

प्रश्नको उत्तर लेख्दा ध्यान दिनुपर्ने कुराहरु,

– लोक सेवा आयोगले २०७६।६।१५ बाट लागु गरेको राजपत्रांकित द्धितीय श्रेणी उपसचिवको पाठ्यक्रम अनुसार लिखित परिक्षा प्रणाली परिवर्तन भएको छ ।
– उप–सचिबको पाठ्यक्रम प्रश्न ढाँचा र परीक्षा प्रणालीको परिवर्तन सह–सचिबको पाठ्यक्रम, परीक्षा ढाँचा र प्रश्नोत्तरमा एकरुपता ल्याउनका लागि गरिएको हो ।
– उपसचिबको पहिलो प्रश्न सैद्धान्तिक तर्कयुक्त र विश्लेषणात्मक प्रश्नको विगतको छोटो प्रश्न जस्तै उत्तर लेख्नु पर्दछ ।
– समस्या समाधानतर्फ सोधिने २० अंकका ३ प्रश्नको जवाफ पुरानै ढाँचा दिँदा समय ब्यवस्थापन नहुने प्रश्नले मागेको विषय छुट्ने भएकाले नविन ढाँचामा जवाफ लेख्नु पर्दछ ।
– समस्या समाधान तर्फ कुनै बहुआयामिक विषयलाई समस्याको रुपमा दिने र सो समस्याको अन्त्यमा छुट्टा छुट्टै वा परिच्छेदमै प्रश्न दिइएको हुन्छ । दिइएको प्रश्न बुझी प्रश्नले मागेको जवाफ लेख्नु पर्दछ ।
– समस्या समाधानको उत्तर लेख्दा विगतमा १– समस्याको पहिचान २– विद्यमान ब्यवस्था ३– समस्या समाधानका सुझाब ४– सुझाब कार्यान्वयन कार्ययोजना गरी चार खण्ड छुट्याइएको थियो । हालको पाठ्यक्रममा ढाँचा नदिइएकाले पुरानो ढाँचा समय, अंक र प्रश्न ढाँचाका आधारमा हाल पनि सोही ढाँचामा लेख्न अनुपयुक्त हुन्छ ।
– समस्या समाधानमा समस्या पछाडी प्रश्नहरु आउने कारणले माग नगरेको अवस्थामा समस्याका कारणहरु, प्रभावहरु, नीतिगत, संस्थागत, कार्यगत व्यवस्थाहरु एवं कार्ययोजना लेखीराख्नु जरुरी हुँदैन ।
– समस्या समाधान पुरानो ढाँचामा लेख्दा प्रश्नले मागेको कुरा छुट्ने नमागेको कुरा लेखिने हुन्छ ।
– मामिला विश्लेषण सह–सचिवमा समेत सोधिने, प्रश्नको ढाँचा आइसकेकाले चली आएको तरिकाबाट लेख्दा उपयुक्त हुन्छ ।
– उत्तर लेख्दा तथ्य, तथ्याङ्क, चित्र र उदाहरणहरु उल्लेख गरी विषयलाई पुष्टी गर्न, प्रकाश पार्न सहज हुन्छ र उत्तर पूर्ण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्