Logo

Hello NEw

नव नियुक्त मन्त्रीले लिए सपथ, आजै पदभार ग्रहण गर्ने



काठमाडौं, ५ मंसिर । नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार नियुक्त गरीएका मन्त्रीहरुले राष्ट्रपति कार्यालय शितल निवासमा गोपनियताको सपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन् ।

उनीहरुले आजै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्ने स्रोतले वनाएको छ ।

प्रधानमन्त्री ओली बुधबार साँझ वसन्त नेम्वाङ (भौतिक) हृदयेश त्रिपाठी (संघीय), पार्वत गुरुङ (महिला, बालबालिका), घनश्याम भुषाल (कृषि) र लेखराज भट्ट (उद्योग), रामेश्वर राय (श्रम) मन्त्री बनाउन राष्ट्रपति कार्यालयमा सिफारिस गरेका थिए । साथै, मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल, श्रम तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र उद्योगमन्त्री मातृका यादव मन्त्रीबाट हटाइएका छन् । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री राजकुमारी चौधरीलाई हटाइएको छ ।

यस्तो छ हेरफेर गरीएका मन्त्रीहरुको नामावली;

प्रतिक्रिया दिनुहोस्