Hello NEw
ओली–प्रचण्डबीच कार्यविभाजनको यस्तो सहमति

नेपाल कम्यनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कार्यविभाजनका लागि भएको सहमति;
– अध्यक्षद्वय कमरेडहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को वरीयताक्रम यथावत रहने ।
– अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको नाममा केन्द्रित हुने र अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने । बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने । आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन कमरेड पुष्पकमल दाहाल प्रचण्डले गर्ने ।
– प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने ।
– पार्टी र सरकार सञ्चालन अध्यक्षद्वयबीचको आपसी सल्लाहमा गर्ने । पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।
बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले अध्यक्षद्वयको कार्यविभाजन अनुमोदन गरेको हो ।
