Hello NEw
स्थानीय तह, प्रदेश र संघ बीचको अन्तरसम्बन्धलाई मज्बुत बनाइने
काठमाडौँ, ५ मंसिर । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले स्थानीय तह, प्रदेश र संघ बीचको अन्तरसम्बन्धलाई मज्बुत बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।
मन्त्रालयमा कार्यभार सम्हाल्दै पहिलो सम्बोधनका क्रममा त्रिपाठीले व्यक्तिगत तथा संरचनागत समस्याका कारण कार्यालयको काम प्रभावित हुने गरेको भन्दै त्यस्ता समस्या अन्त्यका लागि प्राथमिकता दिने बताएका हुन् ।
सम्बोधनका क्रममा उनले कर्मचारीहरुलाई सबै समस्याबाट उन्मुक्ति दिने बताएका छन् ।
