Hello NEw
को हुन् हृदयेश त्रिपाठी ? जसले ८ वर्षपछि सिंहदरबारमा ‘इन्ट्री’ मारे !
काठमाडौं, ५ मंसिर । नव नियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको जन्म वि सं २०१६ साल आषाढ ४ गते कठहवा गाविस गुणेपर्सेनी ३, मा भएको हो । बुवा हरिशंकर त्रिपाठी र आमा कुन्तीदेवीबाट जन्मिएका त्रिपाठीका दुई छोरी र एक छोरा छन् । त्रिपाठीले राजनीति शास्त्रमा स्नातक तह उत्तीर्ण गरेका छन् । त्रिपाठी वामपन्थी विचारधाराबाट प्रभावित भई वि. सं. २०३१ सालदेखि राजनीतिमा सक्रिय हुँदै आएका छन् ।

नेपाल सदभावना पार्टीबाट तत्कालीन प्रतिनिधिसभा सदस्य समेत भएको त्रिपाठी २०६४ सालको संविधानसभा चुनावमा नवलपरासी क्षेत्र नम्बर ६ बाट विजयी भएका उनले २०७० सालको चुनावमा भने सोही क्षेत्रबाट हार बेर्होन परेको थियो । तत्कालीन तमलोपाको उपाध्यक्ष तथा संसदीय दलको उपनेता समेत भइसकेका त्रिपाठी राजपाको पनि सहअध्यक्ष समेत भइसकेका छन् ।
उनी गणतन्त्रपछि र अघि गरी पटकपटक मन्त्री बनिसकेको छ । त्रिपाठीले राजनीति गर्ने क्रममा झण्डै २ वर्ष भूमिगत जीवन, ८ महिना निर्वासन र २१ महिना राजनीतिक बन्दीका रुपमा जेल जीवन पनि बिताएका छन् । । निक्कै चतुर राजनीतिक खेलाडीका रुपमा स्थापित त्रिपाठी पछिल्लो समयमा मधेसवादी शक्तिका तर्फबाट महत्वपूर्ण राजनीतिक निर्णय गर्ने ठाउँहरुमा तथा विभिन्न सरकारमा निरन्तर रुपमा आफ्नो सहभागीता जनाउदै आएरहेका छन् ।
हालै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरीषद हेरफे तथा पुनर्गठले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त गरेको छ । स्वतन्त्र सांसदका रुपमा रहेका उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिँएसँगै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरे । बिहिबार मन्त्रालयमा कार्यभार सम्हाल्दै व्यक्तिगत तथा संरचनागत समस्याका कारण कार्यालयको काम प्रभावित हुने गरेको र त्यस्ता समस्या अन्त्यकालाई प्राथमिकता दिने भन्दै सम्बोधन गरे ।
यसअघि २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री बनेका उनी एकैचोटी ८ वर्षपछि पुनः मन्त्री बनेर मन्त्रालय फर्केका छन् । पछिल्लो समय राजपा त्यागेर उनी एमालेको सूर्य चिन्ह लिएर नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र हैसियतमा विजयी भएका थिए ।
