Hello NEw
आँगनमै सीमा स्तम्भ, पुर्जा नेपाली, जमिन भारतको
झापा, ६ मङ्सिर। अहिले कतिपय नेपाली नागरिकको धनी पुर्जामा भएको जग्गा भारतीय भुमि हुन पुगेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि अतिक्रमण गरी सीमा क्षेत्रको दशगजा मिचेर सीमा स्तम्भ नेपालतिर सारेपछि यस्तो हुन गएको हो ।
भारतीय सीमा सु्रक्षा बलले अतिक्रमण गरेर सीमा स्तम्ब पश्चिम सारिदिएपछि झापाको गौरीगञ्ज गाउँपालिका–२, पिण्डालघुटुका बासिन्दाको पचासौँ बिघा नेपाली जमिन भारतीयको कब्जामा रहेको छ ।
स्थानीय बासिन्दका अनुसार स्थानिय वासिन्दा कृष्णप्रसाद राजवंशी, योगेन्द्र राजवंशी कात्तिकलाल राजवंशी, उत्तमलाल राजवंशी, राजेन्द्र राजवंशी, ओमप्रकाश राजवंशी, चन्द्रमोहन राजवंशी, बनावा राजवंशी लगायत थुप्रैको जग्गा अहिले भारतीयको कब्जामा छ । उनीहरूले जग्गाको मालपोत भने बर्सेनि नेपाल सरकारलाई तिरिरहेका छन् ।
दुई देशको सीमा क्षेत्र कुनै स्तम्भ, बार, वा दशगजाले छुट्याउने गरेको हुन्छ । झापाको पश्चिम दक्षिण गौरीगञ्जस्थित सीमा क्षेत्रमा भने दुई देशको सीमा स्तम्भ नै आश्चर्य लाग्ने स्थानमा गाडिएको छ । झापाको एक सीमा स्तम्भ भने नेपाली बस्तीको बीचमा एक नेपालीको आँगनमा नै गाडिएको छ ।
भारतको एसएसबी हरेक महिनाको तीन पटकसम्म सीमा स्तम्भ हेर्न आउँछन् । हाम्रो देशका सुरक्षा निकायहरू वर्षौंसम्म सीमा क्षेत्रमा नआएपछि भारतीय सीमा सुरक्षा बलले नै सीमा स्तम्भ सार्ने गरेको स्थानीय बासिन्दाको अनुभव छ ।
झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ पिण्डालघुटु निवासी बुद्धिलाल हेमरमको घरको आँगनैमा सीमा स्तम्भ गाडिएको छ । जुन नेपाली क्षेत्र हो । गौरीगञ्जको पिण्डालघुटुमा मात्र होइन त्यहाँदेखि करिब एक किलोमिटर पूर्वमा पनि १९७९ सालमा निर्माण गरिएको जङ्गे पिल्लर नेपाली भूमिमा सारिएको छ ।
स्तम्भ नं. २६ लेखिएको सो स्तम्भ भएको ठाउँ नेपाली भूमि भएको तर अहिले यहाँ भारतीय नागरिकले कब्जा गरेर खेती गर्न सुरु गरेको स्थानीयवासी बताउँछन् । मुर्मका अनुसार २०५५ सालअघिसम्म नेपाल भारतको सीमा नजिकै रहेको बलुवाडाँगी गाँउमा साप्ताहिक हाट बजार लाग्ने गथ्र्यो । पछि त्यही हाटको विषयमा नेपाल र भारत पक्षका स्थानीयहरू बीच विवाद सुरु भएपछि भारत पक्षले सो सिमाना पश्चिम सारेको हो ।
