Logo

Hello NEw

प्रहरी जवान रंगेहात पक्राउ



काठमाडौं, ६ मंसिर । कन्चनपुर ईलाका प्रहरी कार्यालयका प्रहरी जवान दिपक चौधरी घुस सहित पक्राउ परेका छन् । प्रहरी कार्यालय गड्डा चौकीमा कार्यरत चौधरीले भारतको स्थानिय बजार बनबासाबाट भन्सार तिरेर मालसामान ल्याउँदा पनि सेवाग्राहीहरुसंग पुनः घस माग्दै आएका थिए ।

सधैं भन्सार तिरेको मालसामानमा घुस माग्ने गरेको भन्ने उजुरीका आधारमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कन्चनपुरले पाँच हजार घुस रकम सहित रंगेहात पक्राउ गरेको हो ।
चौधरीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कार्वाही गरीने अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्