Hello NEw
नेपालको जल सम्पदाको महत्व र वनविनाशका प्रमुख कारणबारे यसरी लेख्नुहोस्– सहसचिव डा. टोकराज पाण्डे
प्रश्न. १) नेपालको जल सम्पदाको महत्व छोटकरीमा उल्लेख गर्नुहोस् । (५)
‘जीवनका लागि जल’
मानवीय जीवन यापनका लागि नभई नहुने प्राकृितक स्रोत हो, जल सम्पदा । नेपाललाई जल सम्पदामा संसारमै दोस्रो धनी देशको रूपमा मानिन्छ । नेपालमा रहेका ६ सयभन्दा बढी नदीनाला, ताल, कुण्ड, तलाउ, पानीका मुहान र वर्षायामको वर्षा जल सम्पदाका प्रमुख स्रोत हुन् ।
जल सम्पदाको महत्व ;
क) आर्थिक महत्व
– नेपालको जलसम्पदाबाट प्रशस्त मात्रामा जलविुद्युत् उत्पादन गरी देशभित्रै विद्युत्को पर्याप्त मात्रामा प्रयोग गर्नुका साथै बढी भएको विद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न,
– जल सम्पदाबाट सिँचाइ गरी कृषि क्षेत्रको उत्पादकत्व बढाउन एवं मत्स्यपालन व्यवसायको प्रवद्र्धन गर्न,
– हिमाली भेगमा बग्ने झरनाको पानि प्रशोधन गरी पिउने पानीको उत्पादन गरेर निर्यात गर्न,
ख) पर्यटकीय महत्व
– बन्जीजम्पीङ, ्याफ्टिङजस्ता मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी आय आर्जन गर्न,
– ताल, कुण्ड र पोखरीको प्रवद्र्धन गरी प्राकृतिक सुन्दरता बढाउन,
ग) सामाजिक महत्व
– मानवीय सभ्यताको विकास नदीनालाबाट भएकाले ऐतिहासिक निरन्तरताका लागि,
– विभिन्न जातजातिको धार्मिक, सांस्कृतिक र सामाजिक प्रथा परम्पराको रक्षा गर्न,
घ) अन्य महत्व
– पिउने पानी, सरसफाइ र पूर्वाधार निर्माणको स्रोतको रूपमा उपयोग गर्न,
– जल यातायात सञ्चालन गर्न, पानीजहाज चलाउन,
– चलचरको संरक्षण र जैविक विविधताको रक्षा गर्न,
– राष्ट्रिय अन्तर्राष्ट्रिय सिमानाको रूपमा पनि उपयोग गर्न सकिन्छ ।
यसरी,
सामाजिक सांस्कृतिक साथै जैविक विविधताले भरीपूर्ण हाम्रो देशमा विभिन्न जातजातिको धर्म, संस्कृतिको सञ्चालन एवं आयआर्जन गरी जीवनयापन गर्ने मुख्य स्रोत नै जलसम्पदा भएकाले यसको संरक्षण र संवद्र्धन आजको आवश्यकता हो ।

प्रश्न. २) नेपालमा वनविनाशका प्रमुख कारणबारे छोटकरीमा चर्चा गर्नुहोस् । (५)
‘हरियो वन नेपालको धन’
वन सम्पदामा संसारमै धनीमध्येको एक नेपालमा कुल क्षेत्रवफलको करिब ४४.७४% भूभाग वन क्षेत्रले ओगटेको छ । ऊर्जाको प्रमुख स्रोत मानिएको वन सम्पदाले जैविक विविधता संरक्षण, प्राकृतिक सुन्दरता अभिवृद्धि, वन्यजन्तुको संरक्षण र रोजगारीका अवसरसमेत जुटाएको पाइन्छ ।
वन विनाशका कारणहरू;
– इन्धनको प्रमुख स्रोतको रूपमा दाउराको प्रयोग हुनु, (करिब ६४% जनसंख्या दाउरामा निर्भर)
– वनजंगलको फडानी गरी बसोवासको रूपमा प्रयोग गरिनु,
– विकासका नाममा वनविनाश हुनु,
– पूर्वाधार विकासको प्रमुख स्रोत वनसम्पदा रहनु, (पुल, भवन निर्माण आदि )
– वन चेतनाको कमी र वन फडानी हुनु,
– तीव्र सहरीकरण र वस्ती विकास गरिनु,
– जनसंख्याको तीव्रतर वृद्धि र वनप्रतिको निर्भरता बढ्नु,
– खुला सिमानाका कारण वन सम्पदाको चोरी निकासी बढ्नु,
– दुर्लभ वन, वनस्पति र जडीबुटीको संकलन र भण्डारण बढ्नु,
– खुला चरिचरनका रूपमा वन जंगलको प्रयोग बढ्नु,
– बाढी, पहिरो, डढेलोजस्ता प्राकृतिक विपत्तिको निशाना वन क्षेत्रमा पर्नु,
– वन संरक्षणका सरकारी नीति, कार्यक्रम प्रभावकारी नहुनु,
निष्कर्षः
वनसम्पदा नेपालको प्राकृतिक धन हो । यसको संरक्षण गर्नु हरेक नागरिकको कर्तव्य हो । इन्धनको वैकल्पिक उपाय अवलम्बन, पूर्वाधार निर्माणमा नयाँ स्रोतको प्रयोग गर्न सकिन्छ । साथै वनजंगल÷वातावरण प्रभाव मूल्यांकन गरी विकासका क्रियाकलाप सञ्चालन गरी वनविनाश हुनबाट रोक्न सकिन्छ ।
