Logo

Hello NEw

१ लाख २० हजार घुस रकमसहित इन्जिनियर पक्राउ



काठमाडौं, ६ मंसिर । बुटवलको शिक्षा विकास निर्देशनालयमा कार्यरत सव इन्जिनियर सन्दिप पौडेल र जेसिभी चालक एक लाख २० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

विद्यालयको भवन निर्माणको अन्तिम किस्ता बापतको रकम विद्यालय खातामा निकासा गर्ने क्रममा पटक पटक सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने उजुरीका आधारमा पौडेललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
पौडेलले प्रभाकर माविको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्तावापतको रकम निकासा गरी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको पुष्टि भएको छ ।

घुसमा संलग्न सव इन्जिनयर पौडेल र मतियारको रुपमा प्रयोग गरेका जेसिभी चालक बिक्रम बस्नेतलाई रङ्गे हात पक्राउ गरी शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड ९घ० बमोजिम तथा बिक्रम बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९२० मा उल्लेख भए अनुसार सोही ऐनको दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० खण्ड ९घ० बमोजिम सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्