Hello NEw
कर कार्यालय र बैंकमा छुट्टा छ्ट्टै ‘व्यालेन्स सिट’ देखाउनेले ऋण नपाउने
काठमाडौं, ६ मंसिर । कर कार्यालय र बैकंबाट व्यवसायीले ऋण पाउन छोडेको छ । कर कार्यालय र बैंकमा छुट्टाछुट्टै ब्यालेन्स सिट बुझाएकै कारण उद्योगी व्यवसायीहरुले बैंकबाट ऋण नपाएको हो । यसले गर्दा नयाँ व्यवसायिक ऋणको माग समेत घट्न थालेको छ।
केही अघि सम्म कतिपय व्यवसायीहरुले कर प्रयोजनका लागि एउटा र बैंकमा ऋण लिनका लागि अर्कै ‘ब्यालेन्स सिट’ बनाउने गर्थे । जस्ले कर तिर्न थोरै नाफा देखाउन र बैंकबाट ऋण लिन धेरै नाफा देखाउन सहज बनाएको थियो ।
अहिले भने व्यवसायीहरुले कर कार्यालयमा बुझाएको विवरण नै बैंकहरुले हेर्न थालेका छन् । पहिले नै ऋण लिएका उद्योगी व्यवसायीको समेत कर कार्यालयमै बुझाएको विवरण बैंकहरुले हेर्ने गरेका छन् । दोहोरो व्यालेन्स सिट भएको खण्डमा बैंकले पुरानो कर्जा पनि नवीकरण गर्न छाडेका छन् ।
बैंकहरुले कर कार्यालयबाट यूजरनेम र पासवर्ड लिई आफूले दिएको व्यवसायिक ऋणको विवरण समेत भर्नुपर्ने प्रावधान राष्ट्र बैंकले राखेको छ ।
एउटै ब्यालेन्स सिटको व्यवस्थाले मुलुक र बैंकलाई मात्रै नभई उद्योग व्यवसायलाई समेत फाइदा पुग्छ भने ‘यसले राजश्व बढाउन पनि टेवा पुर्याउछ । साथै बैंकहरुलाई पनि यथार्थ विवरण थाहा हुन्छ, व्यवसायी पनि ढुक्क हुन पाउने जानकारहरुको भनाई छ । सिस्टमेटिक रुपमा बैंक र कर कार्यालय जोडिँदा समग्र अर्थतन्त्रलाई फाइदा पुग्ने जानकारहरु बताउँछन् ।
