Logo

Hello NEw

५ लाख घुस रकम सहित कार्यालय प्रमुख पक्राउ



सिरहा, ६ मंसिर । भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका कार्यालय प्रमुख मालपोत अधिकृत रामबाबु मण्डल ५ लाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् ।

मण्डलले राजविराज इजलासको पुनरावेदनमा विचाराधिन रहेको मुद्दाको सिलसिलामा सेजाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णय सहितको माग भएको कागजातहरु देखाउन आनाकानी गर्दै घुस माग्ने गरेका थिए ।

कागजात देखाउने बाहानामा घुस माग्ने गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले उनलाई घुस लिई सकेको अवस्थामा पक्राउ गरेको हो । मण्डललाई अख्तियारले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्