Logo

Hello NEw

ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओली



काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्राण्डी अस्पताल लगिएको छ । स्रोतका अनुसार नियमित स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री ओली आइतबार दिउँसो ग्राण्डी अस्पतार लगिएको हो ।

गएको कात्तिक १३ गते र १४ गते प्रधामन्त्री ओलीको दुई पटक डायलासिस भएको थियो ।आज पनि प्रधानमन्त्री ओली डायलासीसकै लागि गएको बताइएको छ ।

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौलाको प्रत्यारोपण भएको थियो । चिकित्सकहरूले उनलाई डायलासिस वा मिर्गौलाको दोस्रो प्रत्यारोपणको विकल्प दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्