Logo

Hello NEw

नियन्त्रणमा आएन तीन तले घरमा लागेको आगो



जुम्ला, ८ मंसिर । जुम्ला चन्दननाथ नगरपालिका २ स्थित विष्णु भण्डारीको तीन तले घरमा बिहान ११ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउनको लागि अधिकतम प्रयास भए पनि असफल भएको छ । अहिले आगो नियन्त्रणमा लिनको लागि पुरै घर भत्काइ सकिएको छ । तर पनि आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

आगो नियन्त्रणको लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय बासिन्दा र दमकलको प्रयोग भइरहेको छ। दमकलले झण्डै दस पटकसम्म पानी ओसारेर पनि आगो नियन्त्रणमा लिन सकेको छैन ।

ग्यास लिक भएर आगो लागेको स्रोतले बताएको छ । अहिले सदरमुकाम खलंगाको सबै शक्ति आगो नियन्त्रणमा जुटेको छ। यो घरमा एक बर्ष अघिसम्म चन्दननाथ नगरपालिकाको कार्यालय बसेको थियो । आगो नियन्त्रणमा आइसकेपछि मात्र मुचुल्क उठाएर क्षतिको विवरण सार्वजनिक गरिने प्रहरीले बताएका छन् । आगो लागेको उक्त घरमा विद्यार्थी बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्