Logo

Hello NEw

शुल्क बृद्धि फिर्ता नगरेको भन्दै त्रिचन्द्र क्याम्पस प्रमुख माथि कुटपिट



काठमाडौं, ९ मंसिर । त्रिचन्द्र कलेज घण्टाघरका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि विद्यार्थीले कुटपिट गरेका छन् । विज्ञान स‌ंकायको शुल्क बृद्धि फिर्ता नगरेको भन्दै कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र नेकपा निकट अनेरास्ववियूका विद्यार्थीले घेरेर न्यौपानेलाई सोमबार बिहान कुटपिट गरेका थिए ।

उनलाई क्याम्पस परिसरमै विद्यार्थीले आक्रमण गरेका थिए । न्यौपानेलाई प्रहरीले उद्धार गरेर उपचारका लागी वीर अस्पतालमा लगिएको छ । घटनामा संलग्न भएको आरोपमा २ जना विद्यार्थीलाई पक्राउ गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले वताएको छ ।

प्रतिक्रिया दिनुहोस्