Hello NEw
अब ३ सय जनाले मात्रै कानुन पढ्न पाउने: सूचना सहित
काठमाडौं, ९ मंसिर । नेपाल ल क्याम्पसले यस वर्ष स्नातक तहअन्तर्गत एलएलबी प्रथम वर्षमा तीन सयजना मात्र भर्ना लिने भएको छ । विगतमा क्षमताभन्दा बढी विद्यार्थी भर्ना गर्नुपर्दा व्यवस्थापनमा समस्या आएकाले यसपटक क्षमताअनुसार मात्रै भर्ना लिने क्याम्पसले निर्णय गरेको हो ।

क्याम्पसका अनुसार त्रिवि कानुन सङकायका डीन कार्यालयबाट पनि तीन सय जना मात्र भर्ना लिन निर्देशन भएको हो । क्याम्पसले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै एलएलबीमा भर्ना हुन चाहनेका लागि प्रवेश परीक्षा फाराम भर्न आह्वान गरेको छ ।
जसअनुसार मंसिर १० गतेदेखि २५ गतेसम्ममा प्रवेश परीक्षा फाराम भर्नुपर्ने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना;
LLB-Entrance-Notice-2076-08-09