Logo

Hello NEw

नापीका अमिन ४ हजार घुससहित पक्राउ



काठमाडौं, ९ मंसिर । नापी कार्यालय, साँखुका अमिन सुशिल बुढाथोकी द्धुस सहित रंगेहात पक्राउ परेको छ । ४ हजार घुस लिँदालिँदै अमिन बुढाथोकी र सेवाग्राही ज्ञानबहादुर कार्की लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

शंखरापुर नगरपालिका–७ साँखुस्थित नापी कार्यालयका अमिन बुढाथोकीले सेवाग्राही कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाई दिए वापत भन्दै घुस लिएका थिए । दुबैलाई कार्यालय अगाडी रहेको किराना पसलको छेउमा रहेको गल्लीबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्