Hello NEw
जनसंख्या व्यवस्थापन भन्नाले के बुझिन्छ ? र नेपालमा जनसंख्या व्यवस्थापनका चुनौतिहहरु बारे चर्चा गर्नुहोस् ।
प्रश्नः जनसंख्या व्यवस्थापन भन्नाले के बुझिन्छ ? र नेपालमा जनसंख्या व्यवस्थापनका चुनौतिहहरुको चर्चा गर्नुहोस् । (३ +७)
कुनै पनि देशमा उपलब्ध स्रोत साधन र त्यहाँको विद्यमान जनसंख्यावीच तादम्यता कायम गर्न उक्त जनसंख्याको आकार, बनौट, वितरण, संरक्षण र परिचालन सम्बन्धी योजना, संगठन, निर्देशन र नियन्त्रण गर्ने व्यवस्थापकीय कार्य नै जनसंख्या व्यवस्थापन हो । तसर्थ, जुन देशमा स्रोत साधनको प्रचुरता छ तर जन्मदर न्यून छ, ती देशहरुमा जनसंख्या व्यवस्थापन मूलतः जनसंख्या बढाउने तर्फ केन्द्रीत रहन्छ भने प्रायः नेपाल जस्ता विकासोन्मुख मुलुकहरु जहाँ स्रोतसाधनको न्यूनता र परिचालन सक्षमतको कमी छ, ती मुलुकहरुमा जनसंख्या बृद्दिबाट उत्पन्न भएका वा हुन सक्ने संकट र समस्याहरुलाई वर्तमान अवस्थामै आँकलन गरी जनसंख्या वृद्दिदरलाई विभिन्न उपायहरुद्वारा क्रमिक रुपले घटाउँदै वा नियन्त्रण गर्दे लैजाने प्रकृयालाई जनसंख्या व्यवस्थापनका रुपमा बुँझ्न सकिन्छ ।

जनसंख्या व्यवस्थापन अन्तर्गत मुलत;
– जनसंख्या वृद्दिदरलाई बाञ्छित सीमाभित्र राख्ने,
– भविष्यमा जनसंख्याको स्वरुप कस्तो बनाउने भन्ने पूर्व योजना,
– बसाईसराईलाई व्यवस्थित गर्ने,
– जनसंख्यालाई आवश्यक पर्ने खानपान शिक्षादिक्षा स्वास्थ्य सेवा र रोजगारी समुचित किसिमले उपलब्ध गराउने,
– मानवीय स्रोतको सक्षमीकरण गर्ने,
– नागरिकहरुको जीवन सुखी, खुसी र सन्तुष्ट बनाउने तर्फ केन्द्रित रहने लगायतका पक्षहरु पर्दछन् ।
नेपालको जनसंख्या व्यवस्थापनका चुनौतिहरु;
गरिवी, अशिक्षा, अज्ञानता, धार्मिक अन्धानुकरण, अदुरदर्शी, अस्थिर तथा अव्यवहारिक नीति लगायतका कारणहरुले गर्दा नेपालको जनसंख्यामा देहायका चुनौतिहरु देख्न सकिन्छ:
– बढ्दै गइरहेको अदक्ष र अर्धदक्ष जनसंख्यालाई गुणस्तरीय खानपान, शिक्षा तथा रोजगार उपलब्ध गराउनु,
– शहरी क्षेत्रमा कुल प्रजनन दरमा कमी आएतापनि दुरदराजका ग्रामिणक्षेत्रमा यस्तो दर अझपनि उच्च रहनु,
– अझपनि कतिपय स्थान विशेषमा वाल विवाह संस्कृतिकै रुपमा झाँगिएर रहनु, जस्तोकी १४ वर्षमूनिको उमेरमा पहिलो विवाह गर्नेहरु ११.५ % छन् ।
– ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा तथा परिवार नियोजनका साधनहरु सहज रुपमा उपलब्ध गराउनु,
– तिब्र रुपमा बढ्दै गैरहेको आन्तरिक तथा बाह्य बसाइसराईलाई व्यवस्थित गर्नु,
– छरिएर रहेका महिला विकास, उत्थान तथा सशक्तीकरणका कार्यक्रमहरुलाई एकीकृत गर्दे तिनलाई नतिजामूखी र प्रभावकारी तुल्याउनु,
– Muscle Drain / Brain Drain लाई रोकी स्वदेशमै तिनको समूचित परिचालन गर्नु,
– समाजमा सदियौंदेखी जरा गाढेर बसेको धार्मिक अन्धानुकरणको जालो तोड्नु (जस्तै छोराको अनिवार्यता) ।
– मानिसहरुको सहरी क्षेत्रतर्फको आकर्षण र राज्यको अदुरदर्शी, अस्पष्ट नीतिले गर्दा शहरीकरण अव्यवस्थित हुँदै हुनु, जस्तैः Urban Poverty, lack of basic needs,
– मुलुकबाट Muscle Drain / Brain Drain भैरहेको पृष्ठभूमिमा Population Dividend अर्थात् जनसांख्यिक लाभांसलाई मुलुकको समृद्धि र विकासमा उपयोग गर्नु,
– बढ्दै गैरहेको Old age population(8.13 %) को समुचित व्यवस्थापन गर्नु ।
– जनसंख्या व्यवस्थापनका विविध पक्षहरुलाई दिगो विकासका लक्षहरुसँग Tie-Up गर्नु,
– तीनै तहका सरकारहरुमा जनसंख्या व्यवस्थापनका समग्र आयामहरुलाई आन्तरिकीकरण गर्नु ।
निष्कर्षः
अतः माथि उल्लेखित चुनौतिहरुलाई अवसरमा बदल्न सरकारको दुरदर्शिता र तहगत सहकारिता, नागरिक समाजको सक्रिय सहभागिता र आवश्यकतामा आधारित सहायताको खाँचो देखिन्छ । यद्यपी पछिल्लो समयको राजनीतिक स्थिरता, बढ्दो जनचेतना र सहरीकरण, राष्ट्रिय जनसंख्या नीति, 2071 को तर्जुमा र कार्यान्वयन, सहभागितामूलक विकासको बढोत्तरी र दिगो विकासका लक्ष प्राप्ती तर्फ राज्यले लिएको अग्रसरता लगायतका कारणहरुले गर्दा नेपालको जनसंख्या व्यवस्थापन अब सहज र प्रभावकारी हुने कुरामा आशावादी रहन सकिन्छ । प्रसिद्ध आइरिस साहित्यकार ओस्कार आइल्डले कुनै बेला भनेका थिए, ”We are all in the gutter, but some of us are looking at the stars” अर्थात् दुर्गन्धित नालामा उभिएर भएपनि हामी पनि दुर क्षितिजको चम्किलो तारा हेर्ने साहस गरौं ।
सनदर्भसामग्रीः CBS Report,2012, 14th Periodic plan, foundation of population ed.(Dhakal Somnath), https://www.unicef.org/nepal/what-we-do
