Hello NEw
प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, उपचार हुँदै
काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने भएको छ । साथै शल्यक्रियाको तयारी गरिसकेको छ । एपेन्डिसाइटिस भएपछि उनको शल्यक्रिया गर्न लागिएको हो । ओली नियमित फलोअपका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा गएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको थियो ।
स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्न लागिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अस्पतालले बताएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएको छ । यसअघि पनि प्रधानमन्त्री ओली फलोअपका लागि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए ।
के हो एपेन्डिसाइटिस ?
मानव शरीरकोे एपेन्डिक्स नामक आन्द्रामा हुने एक प्रकारको रोग हो । एपेन आन्द्रामा हुने एक प्रकारको पातलो थैली हो जसको मानव शरीरमा खासै कुने भूमिका हुँदैन । जब यो थैलीमा कुनै संक्रमण बा अन्य कारणले यो सुनिन जान्छ त्यसपछि यसबाट निकै दुखाइकौ अनुभव हुन्छ । समयमै उपचार नगरे बिस्तारै दुखाइ बढ्न गई यसले गम्भीर रूप लिन सक्छ । यसो भए मा जति सक्यो चाँडो यसको शल्य क्रिया गर्नु पर्ने हुन्छ ।
यसको शल्यक्रिया खासै जटिल हुँदैन । समान्य अवस्थामा एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा स्पाइनल एनेस्थेसिया अर्थात स्पाइनल कडर्मा सुइ लगाएर शरीरको आधा भाग बेहोस बनाइन्छ र यो शल्यक्रिया विरामी आफेले पनि हेर्न सक्छ । यस्तो शल्यक्रिया पछि विरामी एक दुइ दिनमा नै अस्पतालबाट डिस्चाज हुन सक्छन्
